बागलुङ काठेखोलाकी महिलालाई हृदयघात भएपछि हेलिकप्टर मार्फत काठमाण्डौं पठाईयो

बागलुङ काठेखोलाकी महिलालाई हृदयघात भएपछि हेलिकप्टर मार्फत काठमाण्डौं पठाईयो
२०७८ भदौ १४ गते सोमबार ०८:०२

हृदयघात भएकी बागलुङको एक महिलालाई हेलिकप्टर मार्फत काठमाण्डौं पठाईएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ स्थित ७४ वर्षीया इन्द्र कला पुनलाई धौलागिरी अस्पतालबाट काठमाण्डौं रिफर गरिएको धौलागिरी अस्पताल बागलुङका मेडिकल...

हृदयघात भएकी बागलुङको एक महिलालाई हेलिकप्टर मार्फत काठमाण्डौं पठाईएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ स्थित ७४ वर्षीया इन्द्र कला पुनलाई धौलागिरी अस्पतालबाट काठमाण्डौं रिफर गरिएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेन्डेण्ट डा। शैलेन्द्र बिक पोखरेलले बताउनुभयो ।

अस्पतालको आकस्मिक कक्षमा उपचारको लागि पुनलाई ल्याइएको थियो । उहाँलाई प्रारम्भिक परीक्षणमा हृदयघात भएको पाइएकाले तत्काल थप उपचारका लागि रिफर गरिएको अस्पतालले जनाएको छ । पुनलाई हेलिकप्टर मार्फत गंगलाल हृदयरोग अस्पताल काठमाण्डौं लगिएको डा . पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ भदौ १४ गते सोमबार ०८:०२
प्रतिक्रिया दिनुहोस्