बागलुङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु,मृतकको सङ्ख्या ६६ पुग्यो

बागलुङमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु,मृतकको सङ्ख्या ६६ पुग्यो
२०७८ भदौ १७ गते बिहिबार ०६:१७

बागलुङ- बागलुङ जिल्लामा बुधबार कोरोना संक्रमणका कारण थप एक जना पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ का ७९ वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले बताउनुभयो । पुरुषको...

बागलुङ- बागलुङ जिल्लामा बुधबार कोरोना संक्रमणका कारण थप एक जना पुरुषको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–१ का ७९ वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरेले बताउनुभयो । पुरुषको बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको घिमिरेको भनाई ।

उहाँलाई जटिल किसिमको कोभिड निमोनिया भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कोरोना भाईरस कोभिड–१९ को लक्षण देखिएपछि उहाँलाई भदौ ११ गते एन्टिजेन मार्फत परीक्षण गर्दा कोरोना पुष्टी भएको घिमिरेले जानकारी दिनुभयो । बागलुङ जिल्लामा अहिलेसम्म कोरोना संक्रमणका कारण ६६ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति २०७८ भदौ १७ गते बिहिबार ०६:१७
प्रतिक्रिया दिनुहोस्