बुर्तिबाङ- सयुक्त २२ दलिय मोर्चाको आयोजनामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै बुर्तिबाङमा प्रदर्शन भएको छ ।
यहाँ स्थित राष्टिय जनमोर्चा,नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पाटी नेकपा द्धारा बुर्तिबाङ स्वामीबोटमा कोणसभा सहित प्रर्दशन गरिएको थियो । ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,अमेरिकी सामाजवादविरूद्ध राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्दै संयुक्त मोर्चाले प्रदर्शन तथा खबरदारी सभा गरेको हो ।
विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै राष्टिय जनमोर्चा गण्डकी प्रदेश सह ईन्चार्ज गौरिश्वर पाण्डेले एमसीसी परियोजना नेपालको हित विपरीत रहेको भन्दै खारेजी हुनु पर्ने बताउनुभएको थियो ।
विरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य निल बहादुर पुन, नेपाल कम्युनिष्ट पाटी नेकपा जिल्ला सदस्य हरी कुवंरले एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने जिकिर गर्नुभएको थियो । मंगलबार पनि राष्टिय जनमोर्चाले देशभर (एमसीसी) सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेका थिए ।










