पश्चिम बागलुङका घरघरमै रमाईलो गरि मनाईयो यस वर्षको हरितालिका तीज

पश्चिम बागलुङका घरघरमै रमाईलो गरि मनाईयो यस वर्षको हरितालिका तीज
२०७८ भदौ २४ गते बिहिबार ०७:५४

बुर्तिबाङ- हिन्दु नारीहरुको मनाउने महान पर्वको रुपमा हरितालिका तीज पर्वलाई लिइन्छ । तिजको अबसरका झण्डै एक महिना पहिलेबाट बिभिन्न समुह बनाई पार्टी प्यालेस, खेल मैदानमा भेला भइ दर खाने प्रचलन पछिल्लो समय यता अलि बढि रहेको छ । तर यस...

बुर्तिबाङ- हिन्दु नारीहरुको मनाउने महान पर्वको रुपमा हरितालिका तीज पर्वलाई लिइन्छ । तिजको अबसरका झण्डै एक महिना पहिलेबाट बिभिन्न समुह बनाई पार्टी प्यालेस, खेल मैदानमा भेला भइ दर खाने प्रचलन पछिल्लो समय यता अलि बढि रहेको छ ।

तर यस वर्ष भने कोरोना ममहामारीको संक्रमणको जोखिमका कारण केहि सुनसान भएको छ । कोरोनो संक्रमणको जोखिमका कारणले गर्दा हिन्दु नारीहरुको मनाउने महान पर्व सुनसानमै बित्ने भएको हो । बाग्लुङ जिल्लाभर केहि दिन पहिलेबाट निषेधाज्ञा खुलाईए सगैँ केहि चहलपहल भने बढेको थियो । बुर्तिबाङ बजारको टोल टोलका साथै गाउँगाउँमा पनि सामान्य तरिकाले नाचगान गरि तिज पर्व मनाईएको छ । विगतका वर्षहरुमा बुर्तिबाङ बसपार्कमा तीजको मेला समेत लगाउने गरिन्थ्यो ।

तर कोरोना महामारीका कारण पोहोर साल र यो वर्ष घरघरमै रमाईलोका साथ हरितालिका तिज मनाउनुपरेको हो । बजार क्षेत्रमा प्रहरीले राती १० बजेसम्म मात्र नाचगान गर्न गरेको छ । राती १० बजे पछाडि बजार क्षेत्रमा हो हल्ला सहित नाचगान गरेको भेटिएमा कारवाही गरिने ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ । पहिले तिजको बेला बिभिन्न मन्दीर, मैदानमा भेला भएर वर्षौ देखि टुटेका छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचल बिस्तारै इतिहास बन्न थालेको छ ।

अहिले हाम्रो समाजमा सासुले बुहारीलाई दुख दिने जस्ता घटना समाजमा हटदै गएकाले केहि परिर्वतन आएपनि गीत गाउने बाहनामा नयाँ पन ल्याउन संस्कृतिलाई नै धरापमा लैजानू प्रति धेरैको चिन्ता छ । पहिले तिजका गीतमा सासूले बुहारीलाई दिएका दुखः तिजका गीतबाट आफना साथीसंगीलाई सुनाउने प्रचलन रही आएको थियो ।

प्रकाशित मिति २०७८ भदौ २४ गते बिहिबार ०७:५४
प्रतिक्रिया दिनुहोस्