मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ बजार नजिकै गरगरेमा अवरुद्ध सड्क खुलेको छ ।
बुर्तिबाङ – खल्टुरुख खण्डको गरगरे भन्ने स्थानमा पानी पर्ना साथ खस्ने पहिरोका कारण यात्रुहरुले सास्ती खेप्न बाध्य बनेका छन् । आईतबार राती लोकमार्गको गरगरे भन्दा माथिल्लो भागबाट झरेको पहिरोका कारण राति बाट नै सड्क अवरुद्ध भएको थियो ।
सोमबार बिहान बुर्तिबाङबाट यात्रु लिएर छुटेका सवारी र अन्य स्थानबाट बुर्तिबाङ आउदैँ गरेका सवारीसाधन र यात्रुहरु अलपत्र परेका थिए । उक्त खण्डमा पहिरो हटाउन ढोरपाटन नगरपालिकाको जेसिभी बिहान ८ बजे पुगेसगैँ मर्मत गरि यात्रुहरु गन्तव्य तर्फ लागेका हुन् ।
यस क्षेत्रमा केहि दिन पहिले पनि पहिरो जादाँ लोकमार्ग अवरुद्ध बनेको थियो । सड्क भन्दा माथिल्लो भागबाट जुनसुकै बेला पनि रेलो र ढुङ्गा खस्ने हुदा जोखिम मोलेर यात्रा गर्नुपरेको सवारी चालकहरु बताउछन् ।
यस क्षेत्रमा मध्यपहाडी लोकमार्ग र ढोरपाटन नगरपालिकाले पटक पटक सड्क सफा गर्दै आईरहेको भए पनि दिर्घकालिन समस्याको समाधान गर्न सकेको देखिदैन । आकाशबाट पानी पर्नासाथ उक्त खण्डमा पहिरो खस्ने गरेको छ ।














