बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका २ सिमलचौर निवासी धनमाया कुमाल विगत ९ दिन यता सम्पर्क विहिन बन्नुभएको छ ।
गत भाद्र २१ गते माईत जान्छु भन्दै ३ बर्षकी छोरी बोकेर हिँडेकी २८ वर्षीय कुमाल माईत जाने क्रममा गुल्मीको मुसिकोट मैदाने सम्म पुगेको तर त्यहाँबाट सम्पर्क विहिन बनेको उहाँका श्रीमान टेकबहादुर कुमालले बताउनुभयो । गुल्मी तम्घास नजिकै आफ्नो ससुराली रहेको तर त्यहाँ माईत पनि नपुगेको कुमालले जानकारी दिनुभयो ।
उहाँले लगेको मोवाईलमा पनि सम्पर्क नहुने र गुल्मीमा माईती एवंम घर परिवारसँग पनि सम्पर्कमा नआएपछि खोजि गरिदिन उहाँको परिवारले प्रहरी,सञ्चारकर्मी, आफ्न्तजन लगायतलाई आग्रह गरेको छ ।
हराएकी कुमालको खोजतलासक लागि ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन पनि दिएको उहाँका श्रीमान टेकबहादुरले बताउनुभयो । दैनिक ज्याला मजदुरी गरि दैनिकी चलाउदैँ आएका कुमाल दम्पतिका ८ वर्षका एक छोरा र ३ वर्षकी एक छोरी रहेकी छन् ।
कोही कसैले वेपत्ता धनमायालाई फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४९९१०६८९ मा खवर गरिदिन अनुरोध गरिएको छ ।










