बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ सिमलचौरमा २५ बर्षिय रुपा कुमालको केहि दिन पहिले रहस्यमय तरिकाले मृत्यु भएको छ ।
रुपालाई पटकपटक आफ्नै श्रीमानले मरेतुल्य हुनेगरि कटिरहन्थे । गत भदौ ३ गते पनि मरेतुल्य हुनेगरि श्रीमानले रुपालाई कुटेका थिए जुन तस्बिरहरु बाहिरिएको समेत थियो ।
आफ्ना श्रीमानले दिन दिनै यसरि कुटपिट गरेसगै छेउकै माइतमा रुपा जाने गरेकी थिईन । छोरिको हालत एकदमै दयनिय र शरीर भरि चोटैचोट देखेसँगै बुवाले अस्पताल लगेर उपचार गर्नुका साथै नजिकैको प्रहरी चौकिमा ज्वाइ बिरुद्ध उजुरि समेत गर्न पुगेका थिए ।
आफ्नो छोरिलाई ज्वाइले पटकपटक यसरी निर्घात कुटपिट गरेको र आफ्नो छोरिले न्याय पाई दोषिले कार्वाही पाउनुपर्ने भन्दै उजुरि दिएसगै उक्त घटनाको छानबिन पनि राम्रो सगंँ नभएको जनाईएको छ ।
उता श्रीमान ससुरालि आएर आफुले गल्ति गरेको स्विकार गर्दै रुपालाई आफु सगै अस्पताल लिएर गएका थिए । अस्पताल लिएर गएपनि रुपाको बुवाले छोरिलाई उपचार गरेर माइत नै ल्याइदिनु भनेका थिए तर ज्वाइले रुपालाई अस्पताल लगेर आफ्नो घरै लगे र घर लगेको मात्रै दुइदिन पछि उनको रहस्यमय तरिकाले मृत्यु भएको थियो ।
श्रीमानले बारम्बार यसरी निर्घात कुटपिट गरेसगै शंकाको घेरा श्रीमान तिरै जान्छ र माइति पक्षले र देख्ने अरुले पनि सोही आरोप लगाउदै आएका छन् ।
ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तका अनुसार सो घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मुचुल्का उठाए पछि थप अनुसन्धानको निम्ति सो केसलाई बाग्लुङ पठाईएको र केहि दिनमै सत्यतथ्य प्रहरीले सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।










