बुर्तिबाङ- बागलुङ जिल्लाको निसीखोला गाउँपालिका २ मा रहेको अर्नाकोट कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्र्न भएको छ ।
२०७६ सालमा स्थापना भएको संस्थाले शनिबार एक कार्यक्रका बिच दोस्रो साधारण सभा गरेको हो । अर्नाकोट देउरालीमा रहेको संस्थामा १ सय ११ जना सेयर सदस्य रहेका छन् । अहिलेसम्म सहकारीमा २० लाख सेयर पुजीँ रहेको र आगामी आर्थिक वर्षमा सेयर पुजीँ बढाएर ५० लाख पुराउने लक्ष्य राखिएको संस्थाका संस्थापक अध्यक्ष टेक बहादुर कुवंरले बताउनुभयो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका संस्थापक अध्यक्ष कुवंरले प्रस्तुत गर्नुभएको थियो भने ऋण लगानी उप समितिको प्रतिवेदन समिति संयोजक वेग बहादुर कुवंरले गर्नुभएको थियो । संस्थाको आयव्य तथा सेयर लाभांस रकम प्रवन्धक देविराम कुवंरले गर्नुभएको थियो ।
सहकारीको भावी योजनाका बारेका जानकारी दिदैँ सचिब ईश्वर श्रीवालीले सहकारीको आफ्नै भवन निमार्ण गर्न जग्गा खरिद योजना अगाडी बढाईएको बताउनुभएको थियो । रेमिट्यान्स समेत सञ्चालन गर्दै आएको सहकारीले आफ्नै सफ्टवर बनाउने भएको छ ।
कार्यक्रम झम बहादुर कुवंरको अध्यक्षता,रेशम विश्वकर्माको स्वागत मन्तब्य र सचिब ईश्वर श्रीपालीको सञ्चालनमा सम्पन्र्न भएको थियो ।












