जनगणनाका लागि गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

जनगणनाका लागि गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या
२०७८ असोज ४ गते सोमबार ०६:१४

बागलुङ- घरमुली सूचीकरणका लागि बागलुङ जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ। स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्यांक ९जनगणना० कार्यालयका प्रमुख मुकुन्द शर्माले...

बागलुङ- घरमुली सूचीकरणका लागि बागलुङ जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ। स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्यांक ९जनगणना० कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभयो । गत भदौ ३० देखि सुरुआत भएको सूचीकरणको काम यही असोज १८ गतेसम्म सञ्चालन हुनेछ।

घर, परिवार लगायतको तथ्यांक तयार गरेर पूर्ण विवरणका लागि तयारी भए पनि सङ्कलित विवरण अध्यावधि गर्न सुपरीवेक्षकलाई टेलिफोन र इन्टरनेट अनियमित हुँदा समस्या भएको उहाँले बताउनुभयो । ‘तीन दिनमा एकैपटक तथ्यांक अद्यावधिक गर्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘सदरमुकामै अवरोध भइरहने फोन र नेट दुरदराजमा के होला कुरै नगरौँ।’

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक सङ्कलन र अध्यावधिक गर्न समस्या भएको हो। ‘गणनाका लागि एउटा एप छ सोही एपमा अनलाइन नभए पनि प्रविष्ट हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामीले तथ्यांक पाउन भने सङ्कलन भएको समयभन्दा निकै धेरै समय कुर्नुपर्छ।’

जिल्लामा रहेका नेपाल टेलिकममा कतिपय बिटिएस टावरमा जडान भएको सौर्य ऊर्जा सञ्चित हुन नपाउँदा बेलाबेलामा समस्या हुने गरेको छ भने कतिपय विद्युत् पुगेका टावरमा समेत विद्युत्मा आउने समस्याका कारणले पनि बेलाबेलामा समस्या आउने गरेको टेलिकमले जनाएको छ।

२०६८ सालको जनगणनाअनुसार बाग्लुङको जनसंख्या दुई लाख ६८ हजार ६१३ रहेको छ। पहिलो चरणमा संकलन गरिएको तथ्यांकका आधारमा मूल गणना गरिनेछ। मूल गणना आगामी कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ। प्रत्येक १० र १० वर्षमा जनगणना गरिन्छ।

प्रकाशित मिति २०७८ असोज ४ गते सोमबार ०६:१४
प्रतिक्रिया दिनुहोस्