बलेवामा १५ शैयाको नगर अस्पताल

बलेवामा १५ शैयाको नगर अस्पताल
२०७८ असोज ९ गते शनिवार ०१:०८

बागलुङ नगरपालिकाको वडा नं. १३ बलेवा पैयुँपाटामा मा १५ शैयाको नगर सुभारम्भ गरिएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य अनुरुप बलेवामा नगर अस्पताल सुभारम्भ गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले...

बागलुङ नगरपालिकाको वडा नं. १३ बलेवा पैयुँपाटामा मा १५ शैयाको नगर सुभारम्भ गरिएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य अनुरुप बलेवामा नगर अस्पताल सुभारम्भ गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा ९ रोपनी जग्गा व्यवस्थापन गरेपछि नेपाल सरकारले नगर अस्पताल स्विकृत दिएको हो । पैयुपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी बागलुङ नगर अस्पतालको रुपमा सेवा दिन थालिएको नगरप्रमुख पौडेलले बताउनुभयो । नगर अस्पताललाई आवश्यक भवन निर्माण कार्य ठेक्का स्विकृत भएर अगाडी बढेको र अहिले साविक स्वास्थ्य चौकीकै भवनबाट अस्पतालले सेवा प्रदान गर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख पौडेलको भनाई छ ।

गण्डकी प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने गरि एक जना मेडिकल अधिकृत सहितको जनशक्ति समेत व्यवस्थापन गरिएको छ । जहाँ नगरका तर्फबाट समेत १० लाख रुपैयाँ विनियोजन भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वेडका लागि केही स्वास्थ्य सामाग्री प्रदान गरेपछि अस्पतालले सेवा सूचारु गरेको हो ।

अस्पताल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न आइएमी गु्रपमा अध्यक्ष चन्द्र ढकालले १० लाख रुपैयाँ तथा अन्य स्थानीयको दिएको पाँच लाख गरी १५ लाख लगानी गरिएको थियो । जग्गा खरिद समेत भइसकेको र गरेर अस्पताल निर्माण गर्न थालेको बागलुङ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो ।

अस्पताल निर्माणको लागि सरकारले १८ करोड बजेट बिनियोजन गरेको छ । नगर अस्पतालमा २ दुई मेडिकल अधिकृत सहित २७ दरबन्दी स्विकृत भएको छ । अस्पताल स्थापना भएसंगै १५ शैया, प्रयोगशाला, फर्मेसी लगयातका अन्य सेवा थपिने बताइएको छ ।

प्रकाशित मिति २०७८ असोज ९ गते शनिवार ०१:०८
प्रतिक्रिया दिनुहोस्