फेरि भेटियो तमानखोलाको ओढारमा बन्दुक

फेरि भेटियो तमानखोलाको ओढारमा बन्दुक
२०७८ असोज ९ गते शनिवार ०२:४३

बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा बन्दुक...

बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा बन्दुक फेला परेको थियो । बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको बागलुङका एसपी कृष्ण पल्ली मगरले जानकारी दिए ।

बागलुङ प्रहरीले हतियार बरामद गर्ने अभियान चलाएपछि गाउँलेहरु बन्दुक ओडारमा लुकाएको थाहा भएको एसपी कृष्ण पल्लीमगरले बताए ।

प्रकाशित मिति २०७८ असोज ९ गते शनिवार ०२:४३
प्रतिक्रिया दिनुहोस्