कांग्रेस गलकोट नगर सभापतिमा बीरजंग भण्डारी

कांग्रेस गलकोट नगर सभापतिमा बीरजंग भण्डारी
२०७८ असोज ११ गते सोमबार ०३:५२

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट गलकोट नगरपालिकाको सभापतिमा विरजंग भण्डारी चयन हुनु भएको छ । शनिबारदेखि सुरु भएको अधिवेशन सहमति नजुट्दा सोमबारसम्म लम्बिएको हो । सभापतिका लागि भण्डारीसहित नारायणध्वज मल्ल र मुकुन्दसिंह भण्डारीले...

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट गलकोट नगरपालिकाको सभापतिमा विरजंग भण्डारी चयन हुनु भएको छ । शनिबारदेखि सुरु भएको अधिवेशन सहमति नजुट्दा सोमबारसम्म लम्बिएको हो । सभापतिका लागि भण्डारीसहित नारायणध्वज मल्ल र मुकुन्दसिंह भण्डारीले उम्मेद्वारी दिनु भएको थियो ।

लामो समयको कसरत पन सर्वसम्मतिमा भण्डारी सपभातिमा चयन भएको निर्वाचन अधिकृत माया पौडेलले जानकारी दिनुभयो । उपसभापति, सह–सचिव पनि सहमतिमै चयन भए पनि सचिवको लागि छलफल भई रहेको पौडेलले बताउनुभयो ।

सचिवमा हेमराज गैरे, लोकनाथ कँडेल, योगेश भण्डारी, चिरञ्जीवी मरासेनी र टिकाराम गौमतले उम्मेद्वारी दिएका थिए । उनीहरु मध्य दुई जना चयन हुने छन् । सचिवका लागि सहमति जुटाउने प्रयास भइरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति २०७८ असोज ११ गते सोमबार ०३:५२
प्रतिक्रिया दिनुहोस्