बुर्तिबाङ राईजिङ युवाक्लवको १०औं साधारणसभा तथा अधिवेशन आज हुनेभएको छ । सोमबार बसेको क्लवको कार्यसमितिको बैठकले नयाँ कार्यसमिति चयनसँगै क्लवको साधारणसभा गर्ने मिति तय गरेको समितिका अध्यक्ष यामु पौवीले जानाकारी दिनुभयो ।
क्लवको पूर्ण बैठकले आफ्नो कार्यकाल सकिएकाले तत्काल अधिवेशनको मिति तोकेका जनाएको छ । क्लवका साधारण सदस्यहरु, आजीवन सदस्यहरु, आमन्त्रित सदस्यहरु सबैलाई अधिवेशन तथा साधारणसभामा उपस्थित हुन क्लवले आग्रह गरेको छ । बैठकको निर्णयसँगै क्लवका अध्यक्ष र सचिवद्धारा अधिवेशनको मिति तोकिएको सूचना समेत प्रकाशन गरिएको सचिव सन्तोष भण्डारीले बताउनुभयो ।
प्रकाशित मिति २०७८ असोज १२ गते मङ्गलबार ०६:२८