१० वर्षमा बसेन नमूना वस्ति
२०६८ सालदेखि सुरु भएको नमूना शहरी आयोजनाले १० वर्षको अवधिमा सडक पीच, ढल निर्माण सिडि निर्माण, एकीकृत सरकारी भवन निर्माण र जग्गा खरिद गरेको छ ।
आयोजनाले तयार पारेको १० वर्षे प्रतिवेशन अनुसार प्रतिवेदन अनुसार हालसम्म ३ हजार १ सय ५० मिटर ढल निर्माण गरेको छ । १ हजार ६ सय २६ मिटर सडक स्तरउन्नति गरेको जनाएको छ भने, २ हजार १ सय ५९ मिटर सडक पिच अर्थात पिपिसी गरेको जनाएको छ ।
आयोजनाले सडक निर्माणका क्रममा, १ हजार १ सय ४८ दशमलव ०७ मिटर मेसिनरी वाल निर्माण गरेको छ । भने ५ सय २५ मिटर सिडि सहितको बाटोमा दायाँ बायाँ र्यालिङ सहित बीच बीचमा ५ वटा प्रतिक्षालय निर्माण गरेको जनाएको छ । यस्तै भब्रेटामा एक पार्क र सँगै प्रतिक्षालय समेत निर्माण भएको प्रतिवेदनमा उल्लेख गरेको छ । भब्रेटामा बनाइएको पार्क यही वर्षको पहिरोले पुरेको छ ।
आयोजनाले कुत्थाप्लामा साढे ५ तल्ले एकीकृत सरकारी भवनको अवधारणा अनुसार नयाँ शहरी आयोजनाको बहुवर्षिय भवन निर्माण सम्पन्न गरेको छ । आयोजना सञ्चालनमा आएपछि नमूना वस्ति बसाउने भन्दै २०७१ सालदेखि हालसम्म करिव ५७ रोपनी जग्गा खरिद गरेको छ । आयोजनाको प्रतिवेदन अनुसार, भब्रेटामा करिव ३६ रोपनी, कुत्थाप्लामा करिव १५ रोपनी र खप्तरीबाङमा बसपार्क निर्माण गर्न भन्दै ६ रोपनी जग्गा खरिद गरेको जनाएको छ ।
मध्ये पहाडि लोकमार्गका १० स्थानमा नमूना शहर निर्माण गर्ने र प्रत्येक शहरमा एक लाख बस्ति बसाउने योजना अनुसार २०६८ सालयता बुर्तिबाङमा शहरी आयोजनाको कार्यालय स्थापना भएको हो । साना शहरी योजनाको परियोजना क्रियाशिलताको हिसावले १० वर्ष वितेको छ । हालसम्म कहाँ कस्तो शहर बसाउने भन्ने ठोस गुरुयोजना आएको छैन । खरिद गरिएका जग्गा अलपत्र छन् । जसबाट खरिद गरिएको हो उनैले कजाएका छन् । विक्रम सम्वत २०८० सम्ममा नयाँ वस्ति बसाल्ने सुरुको योजना अहिलेसम्म पनि कार्यान्वयनमा आएको छैन ।
नमूना शहरमा बन्नुपर्ने नमूना बस्ति व्यवस्थापन, व्यवस्थित खानेपानी, ढलनिर्माण, स्कुल कलेज, पार्क निर्माण, स्वास्थ्य सेवा तथा आवश्यक सबै सरकारी सेवा प्रदान गर्ने एकीकृत सरकारी कार्यालयको भवन निर्माण, लगायतका योजनाहरु सहितको गूरुयोजना अनुसार कार्यान्वयनमा ल्याइएको छैन ।
आयोजना कार्यालय स्थापना भएको पाँच वर्षमा नमूना शहरको विस्तृत अध्ययन गरि खाका आउने सुरुको योजना अहिलेसम्म पनि अघि सारिएको छैन । स्थानीयसँग योजनाको विषयमा आवश्यक छलफल भएका छैनन् । हल्लाको नयाँ शहरी आयोजनाले के गरिरहेको छ भनेर सरोकारवालाहरु समेत चासो राखेको देखिदैन ।
सरकारले सुरुमा १० वटा नमूना शहरी आयोजनाको अवधारण ल्याउँदा एकमुष्ट १ अरब रुपैयाँ विनियोजन गर्ने गरेकोमा पछिल्लो समय मध्ये पहाडि लोकमार्गमा थप ३ सहित १३ वटा र हुलाकी राजमार्गमा १४ वटा गरि २७ वटा नमूना शहर बनाउने योजना अघि सारेको नयाँ शहरी आयोजनाका प्रमुख अभिशेख अधिकारीले जानाकारी दिनुभयो ।










