पत्रकार महासंघ बागलुङ शाखा नयाँ पुस्ता तयार गर्दै

पत्रकार महासंघ बागलुङ शाखा नयाँ पुस्ता तयार गर्दै
२०७८ असोज १५ गते शुक्रबार ०८:१३

बागलुङ- पत्रकार महासंघ बागलुङ शाखाले जिल्लाका सबै स्थानीय तहमा पुगेर पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । सञ्चार क्षेत्रमा नयाँ पुस्ताको रुची कम हुँदै गएको भन्दै महासंघले दशवटै स्थानीय तहमा पुगेर पत्रकारिता तालिम सञ्चालन...

बागलुङ- पत्रकार महासंघ बागलुङ शाखाले जिल्लाका सबै स्थानीय तहमा पुगेर पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ । सञ्चार क्षेत्रमा नयाँ पुस्ताको रुची कम हुँदै गएको भन्दै महासंघले दशवटै स्थानीय तहमा पुगेर पत्रकारिता तालिम सञ्चालन गर्ने भएको हो ।

१० वटै स्थानीय तहका एक/एक वटा बिद्यालयमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरुलाई आधारभूत पत्रकारिता तालिम दिइने शाखा अध्यक्ष नरेश कँडेलले बताए । अध्यक्ष कँडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले तालिम सञ्चालन तथा समन्वयका लागि सहसचिव तारानाथ आचार्य संयोजक रहेको ‘पत्रकारिता तालिम समन्वय उपसमिति’ गठन गरेको छ । उपसमितिका सदस्यमा नारायण रिजाल, अर्जुन कार्की, सन्ध्या आचार्य र योगेन्द्र विक छन् ।
स्थानीय तहसँगको सहकार्यमा तालिम सञ्चालन गर्ने निर्णय भएको सचिव विजय रानाले बताए । बैठकले अध्यक्ष कँडेलको नेतृत्वमा ‘एक पत्रकार एक ल्यापटप अभियान’का लागि कार्यविधि तयार गर्न उपसमिति गठन गरेको छ । जिल्ला शाखाका पदाधिकारी सदस्य छन् ।

उपसमितिले तयार पारेको आधारमा प्रविधिमैत्री पत्रकार अभियानअन्तर्गत ‘एक पत्रकार एक ल्यापटप’ अभियान सञ्चालन गरी पत्रकारका लागि निशुल्क ल्यापटप उपलब्ध गराइने छ । अभियानमा सामाजिक उत्तरआयित्व अन्तर्गत निस्वार्थ भावले जोडिने जुनसुकै सामाजिक संस्थाको सहयोगलाई स्वीकार गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै, बैठकले महिला पत्रकारको क्षमता विकास र हक हितका लागि महासंघले गर्न सक्ने कार्यक्रमहरु तय गर्न उपाध्यक्ष जीवनकला खत्रीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उपसमितिको सहसचिव सिर्जना पन्त, सदस्यमा सन्ध्या आचार्य र देउमायाँ राना छन् ।

स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा सहभागी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली लगायतलाई धन्यवाद ज्ञापन, कोरोना महामारीमा सहयोग गर्ने दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै कोषाध्यक्षको आवधिक प्रतिवेदनलाई पारित गर्ने निर्णय बैठकले गरेको छ । पत्रकारहरुको हक हितका लागि निरन्तर खबरदारी र बहस पैरवी गर्ने महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७८ असोज १५ गते शुक्रबार ०८:१३
प्रतिक्रिया दिनुहोस्