बुर्तिबाङ राईजिङ युवाक्लवको १०औं अधिवेशन सम्पन्न

बुर्तिबाङ राईजिङ युवाक्लवको १०औं अधिवेशन सम्पन्न
२०७८ असोज १५ गते शुक्रबार ०६:५९

बुर्तिबाङ राईजिङ युवाक्लवको १०औं अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले शमशेर विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुरज विश्वकर्मा, सचिवमा झरना कँडेल, सहसचिवमा मीनु विश्वकर्मा,...

सर्वसम्मत नयाँ कार्यसमिति चयन

बुर्तिबाङ राईजिङ युवाक्लवको १०औं अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले शमशेर विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुरज विश्वकर्मा, सचिवमा झरना कँडेल, सहसचिवमा मीनु विश्वकर्मा, कोषाध्यक्षमा मिथुन विश्यकर्मा चयन हुनुभएको छ ।

यस्तै अन्य सदस्यहरुमा रबी विश्वकर्मा, तरुण विश्वकर्मा, सुरेन्द्र बोहरा, बीर बहादुर कसवँर, बसन्ती बुढा, र विमल विश्वकर्मा चयन हुनुभएको छ ।

क्लवका पूर्व अध्यक्ष सोमबहादुर पौवी यामुको अध्यक्षतामा सुरुभएको अधिवेशनमा क्लवका पूर्व उपाध्यक्ष अमर लोप्चन, मानार्थ सदस्य धु्रव श्रेष्ठ, कमल भूसाल लगायतको आतिथ्यता रहेको थियो ।

क्लवका आजीवन सदस्य राम सुवेदीको संयोजकत्वमा अधिवेशनले गठन गरेको निर्वाचन समितिमा पूर्व सचिव पुरन पाण्डे र मानार्थ सदस्य कमल भुसालले सहजीकरण गर्नुभएको थियो । अधिवेशनद्धारा सर्वसम्मत सम्मानित नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै, सफल कार्यकालको शुभकामना सहित पूर्व अध्यक्षले क्लवको माईन्यूट र चाबी हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति २०७८ असोज १५ गते शुक्रबार ०६:५९
प्रतिक्रिया दिनुहोस्