बागलुङ जिल्लाको तमानखोला गाउँपालिका १ बोंगादोभान नजिकै एक जना पुरुषको बेवारिसे शव भेटिएको छ । बजार नजिकै खोलामा एक जनाको शव भेटिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले जानकारी दिनुभयो ।
शुक्रबार साझँ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै ईलाका प्रहरी कार्यलय बुर्तिबाङको टोली घटनास्थल पुगेको थियो । बेवारिसे शव करिव एक महिना अगाडीबाट रहेको जस्तो देखिएको र आसपास कतैबाट उक्त हुलिया भएको मानिस हराएको सुचना नआएको प्रहरीे निरिक्षक वन्तले जानकारी दिनुभयो ।

उक्त पुरुषको कपडा मासिक सन्तुलन गुमेको व्यक्तिको जस्तो रहेको र शव गलि सकेको हुदाँ स्थानिय,जनप्रतिनिधि र प्रहरीको रहोवरमा सोहि ठाउँ नजिकै व्यवस्थापन गरिएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति २०७८ असोज १६ गते शनिवार ०९:५६