बुर्तिबाङ- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ उपशाखाको आयोजनामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम शुक्रबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रममा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कर्पाेरेट कार्यालय, कमलादी काडमाण्डौंका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले कम्पनीका देशभरका २२ शाखा र १५० उप शाखा मध्ये बुर्तिबाङ उपशाखा पाँचौं नम्बरमा रहन सफल भएको र उत्कृष्ट कारोबार गरेकाले प्रस्तावित शाखाको रुपमा स्तरोन्नती गरिएको जानाकाकरी गराउँदै अब छिटै शाखाको रुपमा विकास गरिने बताउनु भयो । साथै यस उपशाखाले उत्कृष्ट कारोबार गर्न सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय पोखराका प्रमुख कृष्णहरि पण्डितको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिबाट आर्थिक वर्ष २०७७-७८ मा यस उपशाखामा ६ लाखभन्दा बढीको व्यवसाय गर्ने १७ जना मार्केटिङ म्यानेजरहरुलाई खादा र सम्मानपत्रले सम्मान गरिएको थियो भने चालु अािर्थक वर्षमा ३२ लाखभन्दा बढीको व्यवसाय गर्ने रत्न कुमारी घर्ती कँवरलाई समेत सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष चित्र बहादुर भण्डारीले कम्पनीको यस उपशाखाले विश्वसनीय रुपमा छोटो समयमा नै उत्कृष्ट व्यवसाय गर्न सफल भएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै यस क्षेत्रका बिमित मृतक शेरमान घती र केशमाया पुनको मृत्यु दाबी भुक्तानी रकम समयमै दिलाउन सफल भएको बताउँदै कम्पनीलाई विशेष धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा सन् नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ उपशाखाका एजेन्सी म्यानेजर गण्डकी थापा, दिपक कुँवर लगायतले बोल्नु भएको थियो । किरण पौडेललेको सहजीकरण रहेको उक्त कार्यक्रमको संचालन सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ उपशाखाकी प्रमुख सरस्वती घिमिरेले गर्नुभएको थियो ।










