जापानमा भ्रमणमा गएको जैमिनीका नगरप्रमुख सहितको टोलीबाट खर्च असुल गर्नुपर्ने महालेखाको ठहर

जापानमा भ्रमणमा गएको जैमिनीका नगरप्रमुख सहितको टोलीबाट खर्च असुल गर्नुपर्ने महालेखाको ठहर
२०७८ असोज १८ गते सोमबार ०८:२१

बागलुङ जिल्लाको जैमिनी नगरपालिाकाका नगरप्रमुख ईन्द्रराज पौडेल लगायतको टोली निर्णय विना नै विदेश भ्रमणमा गएर भ्रमण खर्च नियमावली,२०६४ को नियम १४ (१ ) विपरित आफुखुसी भ्रमणमा गएको खुलेको छ । जैमिनी नगरपालिकाको कार्यालयको २८ औँ बैठकको...

बागलुङ जिल्लाको जैमिनी नगरपालिाकाका नगरप्रमुख ईन्द्रराज पौडेल लगायतको टोली निर्णय विना नै विदेश भ्रमणमा गएर भ्रमण खर्च नियमावली,२०६४ को नियम १४ (१ ) विपरित आफुखुसी भ्रमणमा गएको खुलेको छ ।

जैमिनी नगरपालिकाको कार्यालयको २८ औँ बैठकको निर्णयले नगरपालिकाको वडा नम्बर २ का विद्यालयहरुमा सहयोग गर्दै आएको जापानको लासान्त अन्तराष्ट्रिय क. लि.ले नगरप्रमुख, प्रशासकीय अधिकृत लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई २०७६÷४÷१५ देखि विभिन्न पर्यटकीय स्थलहरुको अवलोकनका लागि जापान भ्रमण गर्न निमन्त्रणा भएको भनी कार्यालयका विभिन्न पदाधिकारीहरुलाई समावेश हुने गरी निर्णय गरेको थियो ।

भ्रमण नियमावली, २०६४ को नियम १४ (१) बमोजिम कुनै पदाधिकारी वा कर्मचारीलाई सरकारी कामको शिलशिलामा विदेशमा भ्रमणमा पठाउँदा सो भ्रमणको खर्च व्यहोर्ने श्र्रोत र नेपाल सरकारको श्रोतबाट विदेशमा भ्रमणमा पठाउने भएमा भ्रमणमा जाने पदाधिकारीहरुले नियमावली बमोजिम पाउने दैनिक भत्ता, भ्रमण भत्ता, पकेट खर्च तथा भैपरी आउने खर्च जस्ता कुन कुन सुविधाले पाउने हो सो खुलाउने पर्ने नीति रहेको छ ।

नियमावली विपरित निर्णय बिना नै आफुखुसी भ्रमणमा गएकोमा वा पठाएकोमा भ्रमणबाट फर्केपछि गरेको दाबी बमोजिम त्यस्ता खर्चहरु नदिने व्यवस्था रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक प्रतिवेदन अनुसार पदाधिकारीहरु २०७६-४-१३ देखि २०७६-४-२५ गतेसम्म जापानको विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्दा हवाई जहाजको टिकट वापत प्रति सहभागी ८२ हजार रुपैयाँको दरले ४ लाख ९२ हजार खर्च लेखी भुक्तानी दिइएको थियो ।

जापानको लासान्त अन्तराष्ट्रिय क. लि.को पत्रलाई २०७७ साल फाल्गुन ७ गते नोटरी पब्लिकले उल्था गरेको प्रमाणमा भने जापान प्रस्थान गर्दा यात्रा टिकट कम्पनीले व्योहोर्ने तर जापानबाट फिर्ता भएको टिकट खर्च कम्पनीले उपलब्ध नगराउने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयले जैमिनी नगरपालिाकाका नगर प्रमुख इन्द्रराज पौडेलबाट ४१ हजार, जैमिनी नगरपालिका–२ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाबाट ४१ हजार, नगरसभा सदस्य केशवराज शर्माबाट ४१ हजार, नगरसभा सदस्य प्रेम सापकोटा, कार्यपालिका सदस्य लालबहादुर परियारबाट ४१ हजार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माबाट ४१ हजार गरी २ लाख ४६ हजार रकम असुल हुनुपर्ने समेत जनाएको छ ।

प्रकाशित मिति २०७८ असोज १८ गते सोमबार ०८:२१
प्रतिक्रिया दिनुहोस्