आगामी चैतसम्म निर्माण सक्नेगरी ढोरपाटन नगरपालिकाको प्रशासनिक भवनको सिलन्यास

आगामी चैतसम्म निर्माण सक्नेगरी ढोरपाटन नगरपालिकाको प्रशासनिक भवनको सिलन्यास
२०७८ असोज २१ गते बिहिबार ०२:४७

बागलुङको ढोरपाटन नगरपालिकाले विहिबार आफ्नो प्रशासनिक भवनको सिलन्यास गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८-०७९को बजेट बाट भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ । भवनको नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख कर्मती पुन र प्रमुख...

भवन निर्माणका लागि रु. ९५ लाख बजेटमा विनियोजन

बागलुङको ढोरपाटन नगरपालिकाले विहिबार आफ्नो प्रशासनिक भवनको सिलन्यास गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८-०७९को बजेट बाट भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ । भवनको नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख कर्मती पुन र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले संयुक्त सिलन्यास गर्नुभएको हो ।

नगरपालिकाले यस आर्थिक वर्ष भवन निर्माणका लागि रु. ९५ लाख बजेटमा विनियोजन गरेको छ । सो वजेटले चारतल्ले भवन निर्माणको स्टेमेट गरेको नगरप्रमुख नेपालीले बताउनुभयो । भवनको पिलर र स्लेप सहितको लागत स्टेमेट तयार गरिएको र उपभोक्ता समिति मार्फत काम अघि बढेको नगरप्रमुख नेपालीले बताउनुभयो ।

गाउँगाउँबाट सेवा दिने स्थानीय सरकारले आफ्नो प्रशासनिक भवन निर्माण सुरुगरेपछि आफूलाई समेत खुसीलागेको पूर्व बुर्तिबाङ गाविस अध्यक्ष तुल्सी अर्यालले बताउनुभयो । जग्गा व्यवस्थापनमा समस्या रहेकोमा महिला भवन निर्माण भएको स्थलमा सझदारी गरेर भवन बन्दै छ । जनताको सेवामा आफ्नै कार्यालय भएर काम गर्नु राम्रो पक्ष भएको उहाँको भनाई छ ।

बुर्तिबाङ बजारको पेट्रोलपम्म नजिक महिलाभवन रहेको जग्गामा नगरको भवन निर्माण थालिएको छ । तल्लोतलामा पार्किङ सहित माथिल्लो तीनतलामा नगरका प्रशासनिक कार्यालयहरु राखिने गरि भवन निर्माणको योजना बनाइएको छ । बागलुङमा जिल्लामा अझैपनि कतिपय स्थानीय तहहरु आफ्नो प्रशासनिक भवन निर्माणको प्रक्रियामा छैनन् । जग्गा अभावका कारण समस्यामा रहेको उनीहरुले बताएका छन् ।

जिल्ला सदरमुकाममा रहेको बागलुङ नगरपालिकाले आफ्नै भवन निर्माण गरेको छ । तर जनताको पायक पर्ने स्थानमा कार्यलय रहेन भन्दै, साविकको कृषि कार्यालय कब्जा गरिदिएको छ । अहिले कृषि ज्ञानकेन्द्र बागलुङलाई काम गर्न असजिलो भएको भन्दै मन्त्रालय, र विभागमार्फत पत्राचार भइरहँदा नगरपालिकालाई पत्र नलेख्न नगरले सार्वजनिक सूचना समेत गरेको आपसी जुहारी देखिन्छ ।

बागलुङको ताराखोला, निसीखोला, बरेङ, तमानखोला गाउँपालिकाले आफ्नै भवन निर्माण गरि सेवा प्रवाहको अवस्थामा छन् । बडिगाड गाउँपालिकाले भवन निर्माण गर्दैछ । अहिले भाडामा कार्यालय सञ्चालन गरिरहेको छ । गलकोट नगरपालिका, जैमिनी नगरपालिका, काठेकोला गाउँपालिका र ढोरपाटन नगरपालिका समेत अहिले भाडाको घरबाट कार्यालय सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति २०७८ असोज २१ गते बिहिबार ०२:४७
प्रतिक्रिया दिनुहोस्