बागलुङको ढोरपाटन नगरपालिका द्धारा ‘शैक्षिक दर्पण’ पुस्तक विमोचन

बागलुङको ढोरपाटन नगरपालिका  द्धारा ‘शैक्षिक दर्पण’ पुस्तक विमोचन
२०७८ असोज २१ गते बिहिबार ०३:११

बागलुङको ढोरपाटन नगरपालिका शिक्षा शाखामार्फत प्रशासनमा ल्याइएको ‘शैक्षिक दर्पण’ पुस्तक विमोचन गरिएको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि पुस्तक विमोचन गरेको हो । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीले...

बागलुङको ढोरपाटन नगरपालिका शिक्षा शाखामार्फत प्रशासनमा ल्याइएको ‘शैक्षिक दर्पण’ पुस्तक विमोचन गरिएको छ ।

नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि पुस्तक विमोचन गरेको हो । ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीले सो पुस्तकको विमोचन गर्नुभएको थियो । पुस्तकमा समग्र नगरपालिका भित्रका विद्यालयको शैक्षिक, भौतिक र आर्थिक अवस्था र नगरपालिकाको सामान्य जानकारी सहित नगरपालिकाले गरेका गरेका शैक्षिक गतिविधिहरुलाई समेटिएको छ ।

‘शैक्षिक दर्पण’मा शिक्षामा गरिव, दलित, अपांगताभएका, विद्यालय जाने-नजाने विद्यार्थीको अवस्थाको जानकारी गराइएको छ । सोको लागि विद्यालयको प्रोफाईल समेत समावेश गरिएको देखिन्छ ।

नगरभित्रका शैक्षिक संस्थाहरु कसरी सञ्चालनमा रहेका छनभन्ने विषयको जानाकारी समेटिएको छ । भौगोलिक अवस्था, इतिहास, विद्यालयका संस्थापक, अध्ययनरत विद्यार्थीको वर्तमान अवस्था, विद्यालयतह अध्ययन गरि बाहिरिएका विद्यार्थीहरु अहिले केगरिरहेकाछन् । भन्ने समेतको जानाकारी पुस्तकमा समेटिएको छ ।

समग्रमा ढोरपाटन नगरपालिकाको शैक्षिक अवस्थाको चित्रण गर्न खोजिएको सम्पादन मण्डलले आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ । संरक्षकका रुपमा नगरप्रमुख देवकुमार नेपालीलाई राखिएको छ । सल्लाहकारमा उपप्रमुख करमति पुनमगर, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराई सहनुभएको छ ।

पुस्तकको सम्पादन मण्डलमा धनप्रसाद पोख्रेल, हिरालाल खनाल, ज्ञानेन्द्र सापकोटा र राजु विक रहनुभएको छ । यसैबीच पुस्तक विमोचनका अवसरमा नगरपालिकाले शैक्षिक सत्र २०७७ को माध्यमिक विद्यालयहरुमा कक्षागत रुपमा गरिएको विद्यार्थी सिकाई उपलब्धीबाट उटकृष्ट छनोट भएका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको छ ।

विजया दशमी तथा शुभ दीपावली २०७८ शुभकामना आदानप्रदान समेतको आयोजना गरेको कार्यक्रम पश्चात नगरस्तरका प्रअहरुको बैठक बसेको छ । बैठकले असोज २१ गतेदेखी ३१ गतेसम्म ११ दिन विद्यालय विदा गर्ने निर्णय भएको छ । कार्तिकको १ गतेबाट नियमित विद्यालय सञ्चालन गरिने बैठकको निर्णय शिक्षा शाखाका प्राविधिक सहायक ज्ञानेन्द्र सापकोटाले जानाकारी दिनुभयो । यस्तै तिहार बिदा कार्तिक १८ गते देखी २२ गतेसम्म ५ दिन दिने निर्णय भएको सापकोटाले जानाकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ असोज २१ गते बिहिबार ०३:११
प्रतिक्रिया दिनुहोस्