पेटि ठेकेदारको मनपरीः ठेकेदारको लापरबाहीले बागलुङका १४ पक्की पुल अलपत्र

पेटि ठेकेदारको मनपरीः ठेकेदारको लापरबाहीले बागलुङका १४ पक्की पुल अलपत्र
२०७८ कार्तिक १ गते सोमबार ०७:५१

बागलुङ- ठेकेदारको लाप्रवाहीले बागलुङका विभिन्न स्थानमा निर्माणधिन १४ वटा पक्की पुल अलपत्र देखिन्छन् । निर्माण कम्पनीले पेटि ठेकेदारलाई जिम्मा लगाएका यि पुलहरु समयमा काम नगरिदिएपछि यत्तिकै रहेका हुन । पेटिठेकेदारको लाप्रवाहीले...

७ वर्षसम्म बन्दैन एउटा पुल

बागलुङ- ठेकेदारको लाप्रवाहीले बागलुङका विभिन्न स्थानमा निर्माणधिन १४ वटा पक्की पुल अलपत्र देखिन्छन् । निर्माण कम्पनीले पेटि ठेकेदारलाई जिम्मा लगाएका यि पुलहरु समयमा काम नगरिदिएपछि यत्तिकै रहेका हुन । पेटिठेकेदारको लाप्रवाहीले समस्या भएको डिभिजन कार्यालयले बताउने गरेको छ ।

ढोरपाटन नगरपालिका ५ को भुजीखोला पुलपनि ६ बर्षदेखि नै अलपत्र छ । ढोरपाटनको अधिकारीचौर जाने स्थानीयलाई पुल निर्माण नभएपछि समस्या छ । यस्तै वडा नं. ५ कै गादिखोला, चामेद्वार हुँदै ढोरपाटनको छेन्टुङ जाने सडकका लागि निर्माण गर्ने भनिएको अर्को पुल समृत ठेक्का संझौता भएरपनि बनेको छैन ।

गलकोट नगरपालिका वडा नं. ९ को गल्याङदेखि वडा नं. ८ को काँडेबास जोड्ने दरमखोला पुल पाँच बर्षदेखि अलपत्र छ । एकातर्फको पिलर ठडिएको पाँच बर्ष भैसक्यो, अर्कोतिरको पिलर ठडिने र पुल बन्ने अत्तोपत्तो छैन ।

पुल अभावमा शिव माबिमा पढ्ने बालालिका जोखिम मोलेर यात्रा गर्छन । मध्यपहाडी लोकमार्गबाट छेवैमा भएरपनि दरमखोला तर्न नसक्दा अत्यावस्यक सामानहरू बोकेरै लैजानु पर्छ । बर्षा याममा दरमखोला तर्न नसकेपछि गाडिहरू खाला वारीनै बस्छन ।

वाइपी कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको सो पुल ६ बर्षमा पनि निर्माण पुरा नगरेको हो । सडक डिभिजन कार्यालय बागलुङको मूल्यांकनमा यहाँ ३० प्रतिशत मात्रै काम भएको निमित्त डिभिजन प्रमुख मुकुन्द्रप्रसाद लामिछानेले बताउनुभयो । ‘मुख्य ठेकेदार कता हो कता, भेटिंदैनन, पेटी ठेकेदारलाई दवाव दिएपनि काम नगर्नेगरेको लामिछानेले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधि र उपभोक्ताले भने हामीलाई सोधिरहने गरेको उहाँको भनाई छ ।

उता कालीगण्डकी नदीमा निर्माणाधिन पक्की पुलपनि सात बर्षदेखि अलपत्र छ । जैमिनी नगरपालिका १ को कुश्मीसेरादेखि पर्वतको फलेवास जोड्ने जैमिनीघाट पुल डिजाइनका कारण निर्माण ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि बिष्णु कोइरालाले भनाई छ ।

रसुवा श्री सिता फेवा संयु्क्त निर्माण कम्पनीले १३ करोड १२ लाख ४९ हजार रुपैयाँमा ठेक्का लगाएको यो पुलका दुइटा पिलर ठडिएका छन । वाँकी काम अलपत्र छ । यो पुल बनाएमा दक्षिण बागलुङका बासिन्दाले फलेवास हुँदै कार्र्कीनेटाको सडक प्रयोग गरेर पोखरा जान पाउँछन । यो सडक दु्रतमार्गको रुपमा हेरिएको छ ।

२०७१ सालमा डिपिआर बनाएर २०७२ मा ठेक्का लगाएपछि विभागीय अलमल र ठेकेदारको ढिलाइले काम अलपत्र परेको डिभिजन कार्यालयले बताएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक १ गते सोमबार ०७:५१
प्रतिक्रिया दिनुहोस्