बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता आजबाट भएको छ । बुर्तिबाङ राइजिङ क्लबको १९ औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ ।
आजबाट सुरु भएको कार्यक्रममा खुल्ला पुरुष र महिला नगरपालिका स्तरीय मेयर रनिङ भलिबल प्रतियोगिता, खुल्ला सामूहिक नृत्य, खुल्ला एकल नृत्य, पन्चेबाजा,सरायँनाच प्रर्दशन,रस्साकस्सा, महिला तथा पुरुष छेलो, र दोहोरीगीत प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष शमसेर बि.कले बताउनुभयो ।
प्रतियोगितामा पुरुष खुल्ला पालिका स्तरीय भलिबलको प्रथम हुने टोलीले पुरस्कार स्वर्णसहित नगद रु १ लाख १ हजार ११ र दोस्रो हुनेले नगद रु ६१ हजार १ सय ११ प्राप्त गर्नेछ । त्यस्तै महिला खुल्ला पालिका स्तरीय भलिबलको प्रथम पुरस्कार नगद रु ६१ हजार १ सय ११ र दोस्रो हुनेलाई ४१ हजार १ सय ११ राखिएको रहेको क्लबका अध्यक्ष बि.कले बताउनुभयो ।
गएको वर्ष कोरोना माहामारीका कारण कार्यक्रको आयोजना नगरिएको तर यस वर्ष कोरोना महामारी केहि सामान्य बनि सकेसगैँ सो कार्यक्रमको आयोजना गरिएको क्लबका सचिव झरना कंडेलले बताउनुभयो । आज पहिलो दिन खुल्ला एक्कल नृत्य प्रतियोगिता र सोलोबाईक रेस प्रतियोगिता जारी रहेको छ ।
कार्यक्रमको अवसरमा खेलाडी सम्मान सहित स्थानिय तथा राष्टिय कलाकारहरुको प्रस्तुति रहनेछ । कार्यक्रमा अनुमानित ३० लाख २२ हजार ३ सय ३२ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा सह प्रायोजकका रुपमा अल्का मेला समेत रहेको छ । भोली कार्तिक ५ गते ढोरपाटन नगरपालिका नगरप्रमुख देब कुमार नेपाली द्धारा कार्यक्रमको उद्धघाटन गरिने आयोजकले जनाएको छ ।










