बागलुङको ढोरपाटन नगरपालिका–८ नौघर टोलमा एक शिशुको शव फेला

बागलुङको ढोरपाटन नगरपालिका–८ नौघर टोलमा एक शिशुको शव फेला
२०७८ कार्तिक ५ गते शुक्रबार ०१:२३

बागलुङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–८ नौघर टोलमा एक शिशुको शव फेला परेको छ । लिङ्ग नखुलेको नवजात शिशुको शव बेवारीसे अवस्थामा फेला परेको हो । बिहिबार स्थानीयले खोला किनारमा बेवारीसे अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका...

बागलुङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–८ नौघर टोलमा एक शिशुको शव फेला परेको छ । लिङ्ग नखुलेको नवजात शिशुको शव बेवारीसे अवस्थामा फेला परेको हो । बिहिबार स्थानीयले खोला किनारमा बेवारीसे अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

घटना स्थल पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा राखेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

‘पहिचान गर्न निकै कठिन अबस्थाको शव छ, हामि अनुसन्धानमा छौं’ प्रहरी निरिक्षक वन्तले भन्नुभयो ‘शिशुको शव कस्ले किन वेवारीसे अबस्थामा छोडेको भन्ने केही पत्तो लागेको छैन् ।’ चार-पाँच महिनाको गर्भ जस्तो देखिने शिशुको शव भेटिएको उहाँले बताउनुभयो।

प्रकाशित मिति २०७८ कार्तिक ५ गते शुक्रबार ०१:२३
प्रतिक्रिया दिनुहोस्