बुर्तिबाङमा मेला हेरेर फर्कने क्रममा बल्घासका एक युवा वेपत्ता ! भिरबाट लडेको हुन सक्ने आशंका

बुर्तिबाङमा मेला हेरेर फर्कने क्रममा बल्घासका एक युवा वेपत्ता ! भिरबाट लडेको हुन सक्ने आशंका
२०७८ कार्तिक ११ गते बिहिबार १०:२५

खेमराज अर्याल /बुर्तिबाङ, बडिगाड गाउँपालिका वडा नम्बर ९ बल्घासका एक युवा गएरातिदेखि वेपत्ता भएका छन् । बुर्तिबाङमा चलिरहेको पुर्णिमा मेला हेरेर फकर्ने क्रममा बल्घासका २८ वर्षिय शंकर परियार गएराति १० वजेदेखी बेपत्ता भएको इलाका...

खेमराज अर्याल /बुर्तिबाङ,

बडिगाड गाउँपालिका वडा नम्बर ९ बल्घासका एक युवा गएरातिदेखि वेपत्ता भएका छन् । बुर्तिबाङमा चलिरहेको पुर्णिमा मेला हेरेर फकर्ने क्रममा बल्घासका २८ वर्षिय शंकर परियार गएराति १० वजेदेखी बेपत्ता भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी नायव उपरिक्षक जयराम वन्तले जानकारी दिनुभयो ।

साथीहरुसंगै राति अबेर सम्म मेला हेरेर घर हिडेका उनी ढोरपाटन नगरपालिकाको सिमलचौरबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । बुर्तिबाङबाट सिमलचौर हुदै पैदलमार्ग बाट घर जाँदै गर्दा सिमलचौर नजिकैको भिरबाट उनी वेपत्ता भएको परियारका आफन्तले बताएका छन् ।

आज दिनभर इलाका प्रहरी कार्यालय बुर्तिबाङ र परियारका आफन्तले दिनभर खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरी नायव उपरिक्षक बन्तले बताउनुभयो । परियार भिरबाट लडेको आशंका गरिएको ठाउँ निकै अप्ठ्यारो झाडी भएको र त्यसदेखी तल बडिगाड खोला रहेकाले खोजी कार्यमा समस्या भएको वन्तले बताउनुभयो ।

प्रकाशित मिति २०७८ कार्तिक ११ गते बिहिबार १०:२५
प्रतिक्रिया दिनुहोस्