बागलुङमा जनगणनाका लागि ३ सय ६० गणकहरु खटिने,तयारी पुरा

बागलुङमा जनगणनाका लागि ३ सय ६० गणकहरु खटिने,तयारी पुरा
२०७८ कार्तिक २२ गते सोमबार १०:१८

प्रत्येक १०-१० वर्षमा गरिदै आएको ‘राष्ट्रिय जनगणना २०७८ को तयारी बागलुुङमा पुरा भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको जनगणनामा प्रश्नावली लिएर कात्र्तिक २५ गते देखि मंसिर ९ गते सम्म गणकहरु घरघरमा...

प्रत्येक १०-१० वर्षमा गरिदै आएको ‘राष्ट्रिय जनगणना २०७८ को तयारी बागलुुङमा पुरा भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको जनगणनामा प्रश्नावली लिएर कात्र्तिक २५ गते देखि मंसिर ९ गते सम्म गणकहरु घरघरमा पुग्ने कार्यक्रम रहेको तथ्याङ्क कार्यालय बागलुङका कार्यालय प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभयो ।

जिल्लामा तथ्याङ्क संकलनका लागी ३ सय ६० गणकहरु खटिने छन् । जनगणनको तयारी स्वरुप तथ्याङ्क कार्यालयले गणकहरुलाई कात्तिक १३ गते देखि १६ गते सम्म फारम भर्ने सम्बन्धित तालिम सम्पन्र्न भैसकेको शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘राष्ट्रिय जनगणना २०७८ को तयारीको क्रममा हामीले कात्तिक १३ गतेदेखि १६ दिन सम्म चार दिन फारम भने सम्बन्धि तालिम प्रदान गरिसकेका छौँ । जिल्लाको बागलुङ, बुर्तिवाङ, हटिया र कुश्मिसेराबाट तालिम प्रदान गरिएको थियो ।’

जिल्लाभर रहेका करिब ५५ हजार घरपरिवारको तथ्याङ लिनको लागी गणकले आफु खटिएको भौगोलिक विकटता र वासस्थान हेरी एक सय ८० देखि दुई सय ५० सम्म घरपरिवारको तथ्याङ्क लिनु पर्ने शर्माले बताउनुभयो ।

जनगणनामा वडागत रुपमा घरपरिवारको आर्थिक विवरण, सामाजिक तथा औशत परिवार संख्या, व्यक्तिगत विवरण, शैक्षिक विवरण देखि भौतिक पूर्वाधारका अवस्थाको विवरण समेत संकलन गरिने छ । भदौ ३० गतेदेखि असोज १८ गते सम्म सुपरिवेक्षकहरुले घरपरिवार सूचिकरणको कार्य सम्पन्न गरिससकेको छन् ।

कात्र्तिक २५ गते देखि मंसिर ९ गते सम्म गणकहरु सुपरिवेक्षकहरु प्रश्नावली लिएर वडा वडामा पुग्ने कार्यक्रम रहेको शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ कार्तिक २२ गते सोमबार १०:१८
प्रतिक्रिया दिनुहोस्