जनसञ्चार सहकारी संस्था लिमिटेड बुर्तिबाङको एघारौं साधारण सभा शनिबार सम्पन्र्न भएको छ । २०६८ सालमा स्थापना भएको जनसञ्चार सहकारीले एघारौं साधारण सभाबाट नयाँ कार्यसमिति समेत चयन भएका छन् ।
अघिल्लो साधारण सभाबाट निर्वाचित कार्य समितिको पदावधि सकिएकाले नयाँ कार्यसमितिको चयन सहित साधारण सभाको आयोजना गरिएको थियो । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि लोक बहादुर कुवँरले, ‘बागलुङ पश्चिम क्षेत्रका सक्रिय व्यत्तित्वहरुको पहल र सहकार्यमा सञ्चार संस्था रेडियो परिवर्तन सञ्चालन गर्नु र यसलाई व्यवस्थित गर्दै लैजानु महत्वपूर्ण कुरा भएको बताउनुभयो । त्यससँगै सदस्यहरुको बचत र बचतबाट कर्जा समेत लगानी गरि नाफामुलक संस्थाको रुपमा स्थापित गर्नु अझै खुसीको कुरा भएको बताउनुभयो ।
अझैपनि धेरै भन्दा धेरै सदस्य बनाउने र सबैको साझा संस्थाको रुपमा जनसञ्चार सहकारीलाई चिनाउनु तथा रेडियोलाई स्थापित सञ्चार माध्यम बनाउने नीति कार्यक्रम आवश्यक रहेको उहाँले बोल्नुभएको थियो ।
यस्तै कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका लेखा समिति सदस्य,उत्तम बहादुर महतले ‘बुर्तिबाङमा प्रतिष्ठित सञ्चार माध्यम र सहकारी स्थापित भएको बताउँदै प्रतिष्ठित संस्थाका सदस्यहरु समेत अझै प्रतिष्ठित ढंगले आफ्नो पहिचान दिन सक्नु पर्ने बताउनुभएको थियो ।
संस्थाका सदस्य तथा कार्यकारी समिति, विभिन्न उपसमिति, कर्मचारीहरुको पहल र सक्रियतामा संस्थाले लगानी कर्तालाई वार्षिक १० प्रतिशतले बोनस दिन सफल भएको बताउँदै निवर्तमान अध्यक्ष निमलाल पाण्डेले आगामी वर्ष अझै बढी प्रतिफल दिनेगरि योजना बनाउन साधारणसभाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।
सभामा संथाका लेखा संयोजक लोकेन्द्र सुनारले, प्रतिवेदनको संक्षेपिकरण प्रस्तुत गर्नुभएको थियो भने,कोषाध्यक्ष मीनबहादुर महतले गत वर्षको आय व्यय तथा सचिव सहवीन अर्गेजाले, आगामी वर्षको नीति कार्यक्रम र रेडियोको प्रतिवेदन प्रस्तुत गरिएको थियोे । उत्कृष्ठ शेयर सदस्य, बचत कर्ता, कर्जासदस्य र संस्थामा राम्रो कारोवार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सभामा संस्थाका लागि आवश्यक विभिन्न नियमावलीहरु समेत पारित गरिएकोे छ । कर्मचारी प्रशासन नियमावली, आर्थिक प्रशासन नियमावली, कर्जा नीति, उपसमिति परिचालन कार्यविधि र निर्वाचन कार्यविधि सभामा पेश गरिएको थियो । साधारणसभाले संस्थाका लागि आवश्यक निती निर्माण सहित नयाँ कार्यसमिति चयन गरेको संस्थाका प्रबन्धक रेशम सापकोटाले बताउनुभयो ।
साधारण सभाले टिका बहादुर पुनको अध्यक्षतामा १३ सदस्य कार्य समिति चयण गरेको छ । जसको उपाध्यक्षमा राम सुवेदी, सचिवमा चेतनारायण पौडेल,कोषध्यक्षमा मिन बहादुर महत, सह( सचिवमा रिम प्रसाद पौडेल,सदस्यहरुमा टिकालाल सुवेदी,कृष्णलाल जैसी,भिम बहादुर भण्डारी,चेमकली पाण्डे, टिकाराम पाण्डे,डिल बहादुर वि.क र ददिकला पाण्डे रहनुभएको छ ।
शनिबार भएको कार्यक्रम, संस्थाका निवर्तमान अध्यक्ष निमलाल पाण्डेको अध्यक्षता, सेयर सदस्य ददिकला पाण्डेको स्वागत मन्तव्य तथा निवर्तमान सचिव सहविन अर्गेजाको सञ्चालनमा सम्पन्न भएको छ ।















