बुर्तिबाङमा पिकअप जिप दुर्घटनामा घाईतेमध्ये ४ जनालाई थप उपचारको लागि पोखरा रेफर

बुर्तिबाङमा पिकअप जिप दुर्घटनामा घाईतेमध्ये ४ जनालाई थप उपचारको लागि पोखरा रेफर
२०७८ मङ्सिर ३ गते शुक्रबार ०८:०१

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा पिकअप जिपले किच्दा आज एक बालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । बुर्तिबाङ बजारको तारिखेत जाने झोलुङे पुल नजिकै ग २ च ५९८० नम्बको पिकअप जिपले किच्दा तमानखोला...

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ बजारमा पिकअप जिपले किच्दा आज एक बालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

बुर्तिबाङ बजारको तारिखेत जाने झोलुङे पुल नजिकै ग २ च ५९८० नम्बको पिकअप जिपले किच्दा तमानखोला गाउँपालिका वडा नम्बर २ का कृष्ण विकको ८ वर्षीय छोरा जोन सिर्पालीको मृत्यु भएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

दुर्घटनामा ६ जना घाइते भएको मध्ये फाँट बजारमा व्यवसाय गर्दै आउनुभएका ४८ वर्षीष लेवेन्द्र कुवँर, ढोरपाटन नगरपालिका वडा नम्बर १ का नरकितव सुनार, ढोरपाटन ५ का विष्णु सापकोटा,सक्रेनी घर्ती, नरमला घर्ती र ढोरपाटन नगरपालिका ७ बस्ने निमसरा घर्तीका ९ वर्षीय छोरा आकाश घर्ती घाईते भएका छन् । सो घटना बिहान १०ः ५५ बजे भएको थियो । पसलमा बसेका स्थानिय एवंम बाटोमा हिडिरहेका यात्रुहरु घाईते बनेका हुन् ।

घाइते कुँवरको बाँया खुट्टामा गम्भीर चोट लागेको भने ढोरपाटन १ का नरकिताव सुनारको हात र खुट्टामा गम्भीर चोट लागेको थियो । यस्तै ,सक्रेनी घर्तीको छाति एवंम पछातिको भागमा चोट लागेको थियो भने नरमला घर्तीको दायाँ खुट्टामा गम्भीर चोट लागेको हो । उहाँहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारका लागि हेलीकप्टर मार्फत पोखरा रेफर गरिएको प्रहरी निरिक्षक वन्तले बताउनुभयो । अन्य २ घाइतेहरुको हात खुट्टा र ढाडमा सामान्य चोट लागेको लागेको छ । घाईतेहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात डिस्चार्ज भैसकेको जनाईएको छ ।

बुर्तिबाङ फाँटबजार तारीखेत जाने झोलुङेपुल नजिकै पिकअप जिप रोकेर चालक केर बहादुर विक नजिकैको पसलमा गएको समयमा स्थानीय नमबहादुर मल्लले पिकअप चलाउन खाजेपछि दुर्घटना भएको उल्लेख गरिएको छ । चालकले चाँबी गाडीमै राखेको अवस्थामा मल्लले गाडी चलाउन खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

पिकअप सहित पिकअप चालक र पिकअप चलाएर दुर्घटना गराउने मल्ललाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार बिहान बागलुङ पठाईने प्रहरीले जनाएको छ । बालकको शवलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमाटमको लागि पठाईएको निरिक्षक वन्तले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ मङ्सिर ३ गते शुक्रबार ०८:०१
प्रतिक्रिया दिनुहोस्