नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ र २ मा सभापतिका लागि ४ जनाको उम्मेदवारी

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ र २ मा सभापतिका लागि ४ जनाको उम्मेदवारी
२०७८ मङ्सिर ७ गते मङ्गलबार ०६:०५

बागलुङ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सोमबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ । बागलुङको दुई वटै क्षेत्रमा अधिवेशन सुरु भएको छ । बागलुङ क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन्...

दुईवटै निर्वाचन क्षेत्रमा आज विहानबाट मतदान प्रक्रिया सुरु हुने

बागलुङ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सोमबारदेखि क्षेत्रीय अधिवेशन सुरु भएको छ । बागलुङको दुई वटै क्षेत्रमा अधिवेशन सुरु भएको छ । बागलुङ क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् भने क्षेत्र नम्बर २ मा पनि दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर २ मा जोकलाल बुढा मगर र नरजंग घर्ती मगरको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । क्षेत्र नम्बर १ को सभापतिमा खडकबहादुर थापा र चण्डीप्रसाद शर्मा पौडेलले उम्मेदवारी दिनु भएको छ ।

यस क्षेत्रमा सचिव पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । थापाको समुहबाट सचिव पदमा विजय अधिकारी र नरेन्द्र कंडेल पौडेलको समुहमा गोविन्द बहादुर पौडेल ‘गोपाल’ र जयराम भारीले उम्मेदवारी दिएका छन् भने दिने पन्तले पनि सचिव पदमै उम्मेदवारी दिनु भएको छ । सहसचिवका लागि गणेश लम्साल र विष्णुराज पौडेलले उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य हरि गौतमले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि २५ जना हुनु पर्नेमा ५१ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । क्षेत्र नम्बर २ मा ५५ जनाको उम्मेदवारी परेको बताइएको छ । बागलुङका दुबै निर्वाचन क्षेत्रमा आज विहान ८ वजेदेखि निर्वाचान प्रक्रिया सुरु हुने बताइएको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर ७ गते मङ्गलबार ०६:०५
प्रतिक्रिया दिनुहोस्