माओवादी केन्द्रको वडा अधिवेशन अन्तरगत ढोरपाटन १ र २ मा नेतृत्व चयन

माओवादी केन्द्रको वडा अधिवेशन अन्तरगत ढोरपाटन १ र २ मा  नेतृत्व चयन
२०७८ मङ्सिर ७ गते मङ्गलबार ०६:१०

बागलुङ - नेकपा माओवादी केन्द्रको शनिवार बाट वडा अधिवेशन सुरु भएको थियो । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत वडा सम्मेलन जारी रहेको छ । पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय...

बागलुङ – नेकपा माओवादी केन्द्रको शनिवार बाट वडा अधिवेशन सुरु भएको थियो । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत वडा सम्मेलन जारी रहेको छ ।

पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसअनुसार वडा सम्मेलनपछि यही मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो । वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् ।

वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजना अनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ ।

बागलुङ जिल्लाको अधिकांश पालिकाका वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिकाको विभिन्न वडाहरुमा वडा अधिवेशन सम्पन्र्न भैसकेका छन् । जस अन्तरगत सोमबार वडा नम्बर लाल बहादुर घर्ति, वडा नम्बर २ मा जीवनलाल कंडेलको अध्यक्षतामा २९ सदस्य कार्यसमिति चयन गरिएको ढोरपाटन नगर ईन्चार्ज चन्द्रलाल अर्यालले बताउनुभयो ।

अहिलेसम्म वडा नम्बर ३ र ४ बाहेक सबै वडाहरुमा वडा सम्मेलन सम्पन्र्न भैसकेका छन् । आज मंगलबार वडा नम्बर ४ मा र मंसिर ९ गते वडा नम्बर ३ को वडा सम्मेलन गरिने ईन्चार्ज अर्यालले बताउनुभयो । आउँदो मंसिर ११ गते हुने नगर सम्मेलनमा सरकारका शिक्षा तथा प्रविधि मन्त्री देबेन्द्र पौडेल बुर्तिबाङमा आउनुहुने समेत अर्यालले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनको तयारी अन्तर्गत माओवादी केन्द्रले पार्टी सदस्यता वितरण तथा नवीकरण पनि टुंगो लगाएको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर ७ गते मङ्गलबार ०६:१०
प्रतिक्रिया दिनुहोस्