ताराखोलामा अपरिचित पुरुष द्धारा बालिका करणी प्रयास

ताराखोलामा अपरिचित पुरुष द्धारा बालिका करणी प्रयास
२०७८ मङ्सिर ७ गते मङ्गलबार ०६:२४

बागलुङ जिल्लाको ताराखोलामा एक अपरिचित पुरुषले कक्षा ६ मा अध्ययनरत बालिकालाई जबरजस्ती करणी गर्ने प्रयास गरेका छन् । घट्ना ताराखोला गाउँपालिका वडा न. ३ र ४ को मुल सडकमा भएको बताईएको छ । सोमबार बिहान विद्यालय हिँडेकी एक बालिकालाई...

बागलुङ जिल्लाको ताराखोलामा एक अपरिचित पुरुषले कक्षा ६ मा अध्ययनरत बालिकालाई जबरजस्ती करणी गर्ने प्रयास गरेका छन् । घट्ना ताराखोला गाउँपालिका वडा न. ३ र ४ को मुल सडकमा भएको बताईएको छ ।

सोमबार बिहान विद्यालय हिँडेकी एक बालिकालाई एक्लै भेटेपछि समातेर जबरजस्ती करणी गर्ने प्रयास गरेको अभिभावकले बताएका छन् । अभिभावकका अनुसार ति पुरुषले ‘बोक्छु भन्दै समात्ने र संवेदनशिल अङ्ग मसार्ने’ गर्न थालेपछि ति बालिका पुरुषबाट फुत्केर घर फर्किएको बताईएको छ । ति पुरुष बारे थप जानकारी समेत नभएको स्थानीयको भनाई छ ।

बालिकालाई करणीको प्रयास गर्ने स्थानीय हुन वा बाहिरबाट काम गर्न आएका हुन भन्ने खुल्न सकेको छैन ।

प्रकाशित मिति २०७८ मङ्सिर ७ गते मङ्गलबार ०६:२४
प्रतिक्रिया दिनुहोस्