शेरचनलाई कुवंरको सहयोग ,यस पटकको नेतृत्व पश्मिच बागलुङले पाउन सक्ने संभावना

शेरचनलाई कुवंरको सहयोग ,यस पटकको नेतृत्व पश्मिच बागलुङले पाउन सक्ने संभावना
२०७८ मङ्सिर १२ गते आईतबार १२:४५

५१ प्रतिशत मत तीनै जना सभापतिका उम्मेदवारले नल्याएपछि बागलुङ कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिका लागि जगदीश चन्द्र उपाध्याय, दोर्णकुमार कुँवर र जितबहादुर शेरचनको उम्मेदवारी परेको थियो । उपाध्यायले...

५१ प्रतिशत मत तीनै जना सभापतिका उम्मेदवारले नल्याएपछि बागलुङ कांग्रेसको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । सभापतिका लागि जगदीश चन्द्र उपाध्याय, दोर्णकुमार कुँवर र जितबहादुर शेरचनको उम्मेदवारी परेको थियो ।

उपाध्यायले ७९०, शेरचनले ६८६ र कुँवरले १६८ मत ल्याएका थिए । सबैभन्दा कम मत ल्याउनु भएका कुँवरले शेरचनलाई सहयोग गर्ने बताउनु भएको छ । शेरचन उपाध्यायको मतान्तर १०४ छ ।
शनिरबा भएको मतदानमा १६८८ मत खसेको थियो भने ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

बागलुङमा कुल १७८० मतदाता रहेका छन् । कुँवरले शेरचनलाई सहयोग गरेपछि यस पटकको नेतृत्व पश्मिच बागलुङले पाउन सक्ने संभावना बढेको कांग्रेस बागलुङका एक नेताले बताउनुभयो ।

प्रकाशित मिति २०७८ मङ्सिर १२ गते आईतबार १२:४५
प्रतिक्रिया दिनुहोस्