फोनिज गण्डकीद्वारा बुर्तिबाङमा ढोरपाटन क्षेत्रको समृद्धिको आधार र ‘सञ्चारको भुमिका विषयक अन्तरक्रिया

फोनिज गण्डकीद्वारा बुर्तिबाङमा ढोरपाटन क्षेत्रको समृद्धिको आधार र ‘सञ्चारको भुमिका विषयक अन्तरक्रिया

टिकाराम भट्टराई

@समय नेपाल

२०७८ मङ्सिर १७ गते शुक्रबार ०७:२६

बुर्तिबाङ- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीको आयोजनामा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा ढोरपाटन क्षेत्रको समृद्धिको आधार र ‘सञ्चारको भुमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्र्न भएको...

ग्रामीण पर्यटन विकासमा सञ्चारमाध्यमका भूमिका महत्वपूर्ण रहेको वक्ताहरुको भनाई

बुर्तिबाङ- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीको आयोजनामा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा ढोरपाटन क्षेत्रको समृद्धिको आधार र ‘सञ्चारको भुमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्र्न भएको छ । आज भएको अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले ग्रामीण पर्यटन विकासमा सञ्चारमाध्यमका भूमिका महत्वपूर्ण रहेको औंल्याएका छन् ।

उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि एवंम ढोरपाटन नगरपालिकाका नगर प्रकुख देव कुमार नेपालीले कोरोनाले सुस्ताएको पर्यटक चलायमान बनाउन आमसञ्चारको ठूलो जिम्मेवारी रहेको बताउनुभएको थियो । नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटनमा पर्यटनको सम्भावनालाई उजागर गर्न र पर्यटन प्रवद्र्धन गर्न ढोरपाटन नगरपालिका र आफँु निरन्तर लागि परेको बताउनुभएको थियो । फोनिज गण्डकीले ढोरपाटनमा पर्यटनको सम्भावनालाई उजागर गर्न यस प्रकारको अन्तक्र्रिया गरेको जनाएको छ ।

नगर प्रमुख नेपालीले पर्यटनको प्रचूर सम्भावना भए पनि विविध कारणले ढोरपाटन पछि परेको गुनासो गर्नुभयो । जैविक र प्राकृतिक विविधताले भरिपूर्ण ढोरपाटन क्षेत्र, नेपालको एकमात्र शिकार आरक्षका कारण चर्चामा छ । तर,ढोरपाटन क्षेत्रमा नै रहेका र शिकार आरक्षको जत्तिकै महत्व भएका उत्तरगंगा,ढोरबराहा र बाइसधारा लगाएतका धार्मिक र ऐतिहाँसिक सम्पदाको प्रचार प्रसार नहुँदा ती सम्पदा भने ओझेलमा परेका छन् नेपालीले भन्नुभएको थियो ।

धौलागिरी हिमश्रृङ्खला भित्र रुकुम, म्याग्दी र बागलुङ गरी तीन जिल्लामा फैलिएको ढोरपाटन क्षेत्रको बीच भागमा रहेको उत्तरगंगा नदी उत्तरतर्फ बगेको छ । सामान्यतः उत्तरतर्फ हुँदै बग्ने नदी विश्वव्यापी रुपमा नै अत्यन्तै कम हुने र उत्तरबाहिनी नदीलाई अत्यन्त पवित्र मान्ने गरिएको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

समुन्द्र सतहबाट २ हजार ८ सय ५० मिटर देखि ७ हजार दुई सय ४६ मिटर उचाइमा रहेको ढोरपाटन क्षेत्रको २६ प्रतिशत भूभाग बागलुङ जिल्लामा पर्छ भने ६० प्रतिशत रुकुम र १४ प्रतिशत भूभाग म्याग्दी जिल्लामा पर्दछ ।उक्त क्षेत्र म्याग्दी जिल्लाको गुर्जाघाटदेखि रुकुम जिल्लाको निसेलढोरसम्म फैलिएको छ । बीचमा उत्तरगंगा नदी बगेको छ ।

हिमाली र पहाडी भूभागको संगमस्थल भएको कारण प्राकृत्तिक दृष्टिकोणबाट ढोरपाटन क्षेत्र अत्यन्त मनमोहक रहेको छ । ढोरपाटन शिकार आरक्षको क्षेत्रफल १ हजार ३ सय २५ वर्ग किलोमिटर रहेको छ । ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० मा स्थापना भई २०४४ मा सरकारी मान्यता प्राप्त गरेको हो । यसको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन् । तर ढोरपाटन क्षेत्र अझै पनि विभिन्न कारणहरुले पछाडि परिरहेको आवाजहरु उठिरहेका छन् ।

पर्यटकीय क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको भुमिका निकै महत्वपुर्ण हुने ढोरपाटन नगरपालिका उपप्रमुख करमति पुनले बताउनुभयो । आफुँ निवाचित भएको पनि ५ वर्ष पुग्नै लागेको बताउदैँ ढोरपाटन क्षेत्रको विकासमा यस प्रकारको कार्यक्रमले सहजता थप्ने र अव बाकीँ रहेको समय सञ्चारकर्मीसँगै सहकार्य गर्ने पनि उहाँले बताउनु भएको थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम भट्टराई,ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले यस ठाउँमा गरिएको यो कार्यक्रम नौलो र राम्रो कार्यक्रम रहेको बताउनुभएको थियो । साथै पत्रकारको तर्फबाट नेपाल पत्रकार महासघं बागलुङ शाखा सचिव विजय राना, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य तथा सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी, फोनिज बागलुङ शाखा अध्यक्ष संगम घर्ति लगायतले मन्तव्य राख्नुभएको थियो ।

ढोरपाटन नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा फोनिजमा अवद्ध बागलुङ,म्याग्दीका पत्रकार,स्थानिय पत्रकार सगैँ स्थानिय कर्मचारी,बुद्धिजिवी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । फोनिज गण्डकी अध्यक्ष एमबी आस्थाको अध्यक्षता, फोनिज गण्डकी प्रदेश उपाध्यक्ष दिल शिरिसको स्वागत मन्तव्य र फोनिज महासचिव रुद्र श्रीषमगरको सञ्चालनमा सम्पन्र्न भएको थियो ।

प्रकाशित मिति २०७८ मङ्सिर १७ गते शुक्रबार ०७:२६
प्रतिक्रिया दिनुहोस्