बागलुङको ढोरपाटन २ तारिखेतमा महिलाको बेवारिसे शव फेला

बागलुङको ढोरपाटन २ तारिखेतमा महिलाको बेवारिसे शव फेला
२०७८ मङ्सिर २० गते सोमबार १२:२९

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका २ तारिखेतमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । शनिबार दिउँसो तारीखेत माथी बासको झाङमा स्थानियहरुले लासजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यलय बुर्तिबाङ टोली...

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका २ तारिखेतमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

शनिबार दिउँसो तारीखेत माथी बासको झाङमा स्थानियहरुले लासजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यलय बुर्तिबाङ टोली घटनास्थलमा पुगेको भएपनि उक्त लासको पहिचान गर्न नसकिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।

करिब २ महिना पहिलेबाट तारिखेत माथी बासको झाङमा उक्त सब रहेको हुनसक्ने जनाईएको छ । अन्दाजी करिब ५५ – ६० वर्षको जस्तो देखिने महिला रहेको कपडाबाट पहिचान भएको प्रहरी निरिक्षक वन्तले बताउनुभयो । अनुहार लगायत सबै शरिर गलीसकेको थियो चिन्न सक्ने अवस्था थिएन,निरिक्षक वन्तले भन्नुभयो कसैले लगेर राखेको या आफैँ गएको भन्ने विषयमा थप अनुसन्धान हुनेछ ।

ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा यस प्रकारको हुलिया भएको केश नरहेको एवंम भेटिएको उक्त लास राख्न सकिने अवस्था नरहेको हुदाँ ढोेरपाटन नगरपालिकाको सहयोगमा आईतबार शबको व्यस्थापन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ मङ्सिर २० गते सोमबार १२:२९
प्रतिक्रिया दिनुहोस्