ढोरपाटन- बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात भएको छ । सोमबार बेलुकीदेखि हिमपात भएको स्थानिय व्यवसायी सुरज पौडेलले जानकारी दिनुभयो । हिमपातपछि ढोरपाटन उपत्यका क्षेत्रमा चिसो बढेको छ ।

हिमपातपछि घाम लागेको हुँदा हिउँ पग्लिदै गएको छ । स्थानीय नियमित काममा फर्केका छन् । विद्यालय सञ्चालन भएको विकले बताउनुभयो । ढोरपाटनमा यस वर्षको पहिलो हिमपात भएको हो ।

हिमपातपछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ । बुकी क्षेत्रमा हिउँले भरिँदा हिमालयको झल्को दिएको शिक्षक विकले बताउनुभयो । उपत्यका क्षेत्रमा हिउँ जम्दा घोडा, गाई, भैँसी चरणमा समस्या भएको छ ।



स्रोत- गोरखापत्र
प्रकाशित मिति २०७८ मङ्सिर २१ गते मङ्गलबार ०२:०१