४ महिना अन्धकारमा रहेका स्थानिय भए खुशी
बुर्तिबाङ- बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ७ दोगाडी आसपासका गाउँहरुमा आईतबार बाट बिजुली झलमल्ल बलेको छ ।
गत भदौ १ गते राति भुजीखोलामा आएको बाढीका कारण भुजीखोला तेस्रो लघु जलविद्युत परियोजनाको मुहान बगाएको थियो । १७ किलोवाड क्षमताको लघु जलविद्युत परियोजना बन्द भएसगैँ दोगाडी,धारबोट,गडिलुङ र घम्पु लगायतका गरि कुल १५७ घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य रहेका थिए ।
कुलोको मुहान अप्ठारो स्थानमा रहेको र तत्काल मर्मत गर्न नसकिने हुदाँ अहिलेसम्म आम उपभोक्ता अन्धकारमा बस्न बाध्य रहेको परियोजनाका म्यानेजर तुले बुढा मगरले बताउनुभयो । स्काभेटर नभई नहुने खालको थियो, बुढाले भन्नुभयो अहिलेलाई परियोजनाको तर्फबाट स्काभेटर लगाई अस्थाई रुपमा मर्मत गरि आईतबार बाट बिजुली बत्ति बाल्न सफल भएका छौँ ।
करिव ४ महिना बढि अन्धकारमा रहेका स्थानियहरु घरघरमै बिजुली बत्ति पाल्न पाएसगैँ निकै खुशी भएको स्थानिय युवा तथा नेकपा एमाले ढारपाटन नगर कमिती ७ का अध्यक्ष अमर बहादुर बुढाले जानकारी दिनुभयो । भनेको समयमा स्काभेटर पनि पाउन सकिएन बुढाले भन्नुभयो परियोजनाका समिति सक्रिय तरिकाले नलाग्दा पनि केहि ढिलो मर्मत भएको हो ।
विद्युत सेवा नहुदाँ स्थानिय उपभोक्ता मिल लगायत सञ्चार विहिन भएका थिए । आईतबार स्थानिय उपभोक्ता मार्फत आयोजनाको कुलो सर सफाई समेत गरिएको थियो । अस्थाई रुपमा गराईएको मुहान फेरि वर्खामा खोलाले लैजाने स्थानियको भनाई छ ।











