तमानखोलाको तमान स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री थप सहित सेवा विस्तार गरियो

तमानखोलाको तमान स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री थप सहित सेवा विस्तार गरियो
२०७८ पुस ६ गते मङ्गलबार ०६:५०

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानमा रहेको तमान स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्त्रणसँगै स्वास्थ्य सेवा थप गरिएको छ । फेयरमेड फाउन्डेशन नेपाल तथा बिवाईसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण...

आफ्नै ठाउँमा सहज स्वास्थ्य सेवा पाएसगैँ स्थानिय खुशी

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानमा रहेको तमान स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्त्रणसँगै स्वास्थ्य सेवा थप गरिएको छ । फेयरमेड फाउन्डेशन नेपाल तथा बिवाईसी बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजना र तमानखोला गाउँपालिकाको लगानीमा स्वास्थ्य सेवा थप गरिएको हो ।

स्वास्थ्य संस्थामा परियोजनाले करिब ९ लाख रुपैयाँ लागतमा विभिन्न स्वास्थ्य सामाग्री सहित सेवा थप गरेको परियोजनाका फिल्ड सुपर भाइजर रामेश्वर शाहले जानकारी दिनुभयो । तमानखोला गाउँपालिका सँगको समन्वयमा सञ्चालित कार्यक्रम अन्र्तगत वर्थिङ सेन्टरको लागि अनवश्यक वेवी वार्मर मशिन उपलब्ध गराइएको छ । त्यस्तै सुत्केरी हुन स्वास्थ्य संस्था आउने महिला एवंम कुरुवाहरुका लागि आराम गर्ने र खाना पकाएर खान बस्न मिल्ने सुविधा सहितको प्रसुति प्रतिक्षा घर समेत निर्माण गरिएको सुपरभाईजर शाहले बताउनुभयो ।

उक्त भवनमा स्वास्थ्य सम्बन्धी जानकारी सहितको वाल पेन्ट, संकलित फोहोर जलाउन मिल्ने डस्टविन, बिरामी चेकजाँच कोठा,खानेपानी व्यवस्थापन लगायका कार्य गरिएको छ । परियोजनाद्धारा किरी टोलमा गाउँघर खोप क्लीनिक समेत निर्माण गरिएको शाहको भनाई छ ।

दुर्गम ठाउँका जनतालाई स्वास्थ्य क्षेत्रको पहुँचमा जोड्नका लागि ग्रामीण स्वास्थ्य सुधार परियोजनाले जिल्लाका विभिन्न पालिकाहरुमा काम गर्दै आइरहेको छ । परियोजनाले आमा तथा नवजात शिशुको स्वास्थ्य, अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य उपचार तथा सीपमुलक तालिम, आर्थिक उर्पाजन मुलक कार्यक्रम, सरसफाई तथा खानेपानी र उष्ण प्रदेशिक उपेक्षित रोगहरुको विषयमा कार्यक्रम गर्दै आइरहेको हो ।

तमानखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखिय सुधार गर्दै आईरहेको छ । सामान्य उपचार गर्न पनि बुर्तिबाङ धाउनुपर्ने स्थानियहरुको बाध्यता हट्दै गईरहेको गाउँपालिकाले जनाएको छ । स्थानीय तह सँगको सहकार्यमा सञ्चालित कार्यक्रम प्रभावकारी हुनुका साथै ग्रामीण क्षेत्रका नागरिकले आफ्नै घर नजिकैको स्वास्थ्य संस्थाबाट सहज रुपमा स्वास्थ्य सेवा पाउदाँ खुशी लागेकोे स्थानियहरुले बताएका छन् ।

 

प्रकाशित मिति २०७८ पुस ६ गते मङ्गलबार ०६:५०
प्रतिक्रिया दिनुहोस्