गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को तयारी तिव्र

गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को तयारी तिव्र

जिवनकला खत्री(सरिता)

@समय नेपाल

२०७८ पुस १० गते शनिवार ०६:४६

गलकोट- ड्रिम टिम गलकोटको आयोजनामा सञ्चालन हुन गईरहेको गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को तयारी तिव्र पारिएको छ । घुम्टे गलकोट हाम्रो शान पर्यटन खेलकुद, सँस्कृति संरक्षणका लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ यहि पौष...

गलकोट- ड्रिम टिम गलकोटको आयोजनामा सञ्चालन हुन गईरहेको गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ को तयारी तिव्र पारिएको छ ।

घुम्टे गलकोट हाम्रो शान पर्यटन खेलकुद, सँस्कृति संरक्षणका लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ यहि पौष १५ गते देखि २६ गते सम्म गलकोटको मजुवाफाँटमा सञ्चालन हुन गईरहेको महोत्सवको पुर्वसन्ध्यामा महोत्सव सफल पार्नको लागि कार्य विभाजन महोत्सव स्थल सम्माउने, स्टलहरु लगाउने सँगै भेटघाट छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई तिव्र पारिएको आयोजकले जनाएको छ ।

महोत्सव सफलतापुर्वक सम्पन्न गर्नको लागि आयोजकले गलकोट नगरपालिका वडा नं ६ का जनप्रतिनिधि स्थानिय आमा समुह, क्लव, सामाजिक संघ संस्था लगायत सँग अन्तरक्रिया गरेको छ । अन्रक्रिया कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नर बहादुर खत्रीले युवाहरु अग्रसर भएर गलकोटमा महोत्सव सञ्चालन गर्नु निकै सुखद पक्ष रहेको बताउनुभयो । उहाँले महोत्सवले गलकोटको कला सँस्कृतिलाई संरक्षण सँगै प्रर्वद्धन गर्दै गलकोटको खेलक्षेत्रलाई माथि उकास्न समेत महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रति आफु विश्वस्त रहेको बताउनुभयो ।

खत्रीले गलकोटमा भएका केहि महोत्सवहरुले गलकोटको विकास र गलकोटलाई चिनाउनको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेपनि आर्थिक पार्दर्शिता नभएको भन्दै यो महोत्सवले आर्थिक पारदर्शिता सँगै आयव्ययका कुराहरुलाई मध्यनजर गर्दै महोत्सव सञ्चालन गर्ने समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७८ का संरक्षक,समाजसेवीे लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रम ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेको अध्यक्षता र सचिव हिरा बहादुर बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

११ दिन सम्म सञ्चालन हुने महोत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, फुटसल प्रतियोगिता, रत्यौली गित प्रतियोगिता, भ्वाईस अफ गलकोट, गलकोट डान्स च्याम्पिएन, , दरमखोलामा माछा छोप्ने प्रतियोगिता, कृषि प्रदर्शनी, पुरातात्विक वस्तुहरुको प्रदर्शन, बाल उधान, स्थानिय तथा स्वदेशि उत्पादनको प्रदर्शन, हेलिकप्टर मार्फत गलकोट क्षेत्र सँगै कालिलेख हुदै घुम्टे र ढोरपाटन उत्पत्यकाको अवलोकन गर्न सकिने आयोजनले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस १० गते शनिवार ०६:४६
प्रतिक्रिया दिनुहोस्