हिउँले अवरुद्ध बनेको बागलुङ निसीखोलाको सिप–पूर्वी रुकुम सडक खण्ड सोमबार साझँबाट खुलेको छ । सडकमा बाक्लो हिउँ भएको हुँदा यातायातका साधान संचालन हुन सकेको थिएनन् । बागलुङ तर्फबाट सिप भन्दा केहि माथी सम्म मात्र गाडी, बाईकहरु पुग्ने गरेकोका तर जेसीभीको सहायताले सडकमा रहेको हिउँ सफा गरेपछि सडक सञ्चालनमा आएको समिर मगरले फेसबुक मार्फत जानकारी गराउनुभएको छ । उहाँका अनुसार सडकमा जमेको बाक्लो हिउँ सफा गरिएको हुदाँ सिमानासम्म गाडी पुग्न सक्ने भएका छन् ।
‘सडकामा निकै बाक्लो गरि हिउँ जमेको हुँदा केहि दिन गाडीहरु संचालन हुन सकनन् । यस पटक सिपसम्मै बाक्लो हिउँ परेको थियो,’ निसीखोला ६ का अध्यक्षसुर्यबहादुर घर्ती मगरले भन्नुभयो ‘सडक अवरुद्ध नै हुदाँ रुकुमबाट काठमाडौँ चल्ने गाडीहरु पनि चल्न नसक्दा यात्रु अलपत्र परेका थिए । रुकुम तर्फबाट खुलाउने प्रयास गरेको भन्ने खबर पाएका थियौँ ।’ तर निसीखोला तर्फबाट पनि खुलाई सगैँ अलपत्र यात्रु गन्तव्य तर्फ लागेका हुन् ।
निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जेसीभीको सहायताले सडक खुलाउने काम भएको बताउनुभयो । उहाँले भारी हिमपात भएको कारण बागलुङ तर्फबाट सडक खुलाउन थाल्दा मेसिन हिउँमा फसेपछि केहि समस्या परेको समेत जानकारी दिनुभयोे ।
अध्यक्ष पौडेलले केहि दिन पहिले काठमाडौँबाट रुकुम हिँडेका यात्रुहरु हिउँले सडक अवरुद्ध हुदाँ अलपत्र परेको र उनीहरुको उद्धार गरि बुटवल तिरबाट पठाएको पनि बताउनुभयो । सोमबार साझँबाट भने बाटो खुलाईएको छ । घाम लागेको हुदाँ सडक संचालनमा केहि सहज भएको उहाँको भनाई छ ।














