सुनचाँदीको भाउमा गिरावट,तोलामा नौ सय घट्याे सुन

सुनचाँदीको भाउमा गिरावट,तोलामा नौ सय घट्याे सुन
२०७८ पुस २० गते मङ्गलबार ११:५९

नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ।  आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ।  यस्तै, तेजाबी सुन तोलाको ९१ हजार...

नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ।  आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ।  यस्तै, तेजाबी सुन तोलाको ९१ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।  यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदी तोलाको १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति २०७८ पुस २० गते मङ्गलबार ११:५९
प्रतिक्रिया दिनुहोस्