देवेन्द्र बब्लुको नयाँ गीत ‘म त पर्खेको पर्खै छु’ सार्वजनिक

देवेन्द्र बब्लुको नयाँ गीत ‘म त पर्खेको पर्खै छु’ सार्वजनिक
२०७८ पुस २४ गते शनिवार १२:२५

देवेन्द्र बब्लुको नयाँ गीत 'म त पर्खेको पर्खै छु' सार्वजनिक भएको छ। देवेन्द्रकै स्वर, शब्द तथा संगीत रहेको गीत बिहीबार उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत एरेन्ज कृष्ण बिके भान्जाले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत...

देवेन्द्र बब्लुको नयाँ गीत ‘म त पर्खेको पर्खै छु’ सार्वजनिक भएको छ। देवेन्द्रकै स्वर, शब्द तथा संगीत रहेको गीत बिहीबार उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीत एरेन्ज कृष्ण बिके भान्जाले गरेका हुन् भने मिक्सिङ श्यामश्वेत रसाइलीको हो।  प्रेम सम्बन्ध टुटेपछि सबै बिर्सेर अघि बढ्न नसकेको प्रेमीको दृष्टिबिन्दुबाट लेखिएको गीत करुण रसमा बगेको छ।

गत वर्षको सार्वजनिक भएको देवेन्द्रकै ‘भेटै हुन्न कि’ बोलको गीतको दोस्रो भागको रुपमा ‘पर्खेको पर्खै छु’ बनाइएको हो।  उक्त गीत युट्युबमा झण्डै ४० लाख पटक हेरिएको छ।

विशाल घिमिरेको निर्देशनमा बनेको उक्त भिडियोमा दीप सागर र रोशनी कार्कीको अभिनय रहेको छ। गीतको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरको हो।  देवेन्द्रका ‘म हाँसे हाँस्छौ र?’, ‘कसरी’, ‘दिल दुखो’, ‘मनमाया’ लगायत गीत चर्चित छन्।

प्रकाशित मिति २०७८ पुस २४ गते शनिवार १२:२५
प्रतिक्रिया दिनुहोस्