एमाले बागलुङको अध्यक्षमा पाठक,केसी र पाइजाको उम्मेद्वारी, सचिवमा विष्णु भुषाल निर्विरोध

एमाले बागलुङको अध्यक्षमा पाठक,केसी र पाइजाको उम्मेद्वारी, सचिवमा विष्णु भुषाल निर्विरोध
२०७८ पुस २५ गते आईतबार ०८:१४

नेकपा एमाले बागलुङको अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश सचिवालय सदस्य हिरा केसी र बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंहङ पाइजाले अध्यक्ष पदमा लागि उम्मेदवारी दिएको नेकपा...

उपसचिव पदमा सात जनाको उम्मेदवारी

नेकपा एमाले बागलुङको अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश सचिवालय सदस्य हिरा केसी र बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंहङ पाइजाले अध्यक्ष पदमा लागि उम्मेदवारी दिएको नेकपा एमाले नवौं अधिवेशनका मुख्य निर्वाचन अधिकृत हरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

नेकपा एमाले बागलुङको उपाध्यक्षमा पदमा दुई जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदका लागि राम बहादुर जिसी र लक्ष्मण पुनको उम्मेदवारी परेको जनाईएको छ । सचिव बाहेक अन्य पदमा भने आवश्यक पद भन्दा बढी उम्मेदवारी परेको शर्माले बताउनुभयो । नवौं महाधिवेशनमा मनोनय दर्ता सकिएको छ । जसमध्ये सचिव पदमा एक जनाको मात्रै उम्मेदवारी परेको नेकपा एमाले नवौं महाधिवेशनका निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

उहाँले सचिव पदमा एमाले नेता विष्णु भुषालको मात्रै उम्मेदवारी परेको बताउनुभयो । आवश्यक पदभन्दा बढी उम्मेदवारी नपरे सर्वसम्मत हुँने निर्वाचन समितिले जनाएको छ । यद्यपी निर्वाचन समितिले आधिकारिकरुपमा मनोनयन दर्ता भएको नामावली सार्वजनिक गरिसकेको छैन । उम्मेदवारी दोहोरो पर्न सक्ने भन्दै रुजूगरेर मात्रै नामावली सार्वजनिक गरिने छ ।

यस्तै उपसचिव पदमा सात जनाको उम्मेदवारी परेको छ । उपसचिव पदका लागि डम्बर बहादुर श्रीस, राम बहादुर जिसी, प्रेम लामिछाने, नेत्र विष्ट, चित्रकला छन्त्याल, गणेश थापा र गणेश कुमार थापाले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत राम शर्माले जानकारी दिनुभयो । उपसचिवमा दुईजना रहने विधानमा व्यवस्था छ ।

प्रकाशित मिति २०७८ पुस २५ गते आईतबार ०८:१४
प्रतिक्रिया दिनुहोस्