सौखिनका निम्ति कुकुर पाल्नेको माग सगैँ मुल्य पनि बढ्यो
पछिल्लो समयम भोटे कुकुरको माग बढ्दै गएको छ । बाग्लुङको पश्चिम निसी, ढोरपाटन र तमानखोला क्षेत्रमा घरघरै पाल्दै आएको भोटेकुकुरको माग पछिल्लो समय बढ्दै गएको हो ।
सौखिनका निम्ति निसी–भुजी क्षेत्रबाट बर्सेनि सयौँ भोटेकुकुरका बच्चा देशका विभिन्न स्थानमा पु¥याउने गरिएको छ । अहिले यहाँ उत्पादन भएका भोटे कुकुरका छाउरा जिल्ला भन्दा बाहिर बढी माग बढ्दै आएको ढोरपाटन नगरपालिका– ७ का स्थानीय ललितकुमार भण्डारी बताउनुभयो ।
भण्डारीका अनुसार विशेषगरी बुटवल, पोखरा, काठमाडौं लगायतका मुख्य सहरबाट गाउँमा आएर भोटेकुकुर लैजानेको संख्या बढिरहेकोे छ । ‘केही दिन पहिले मात्र यहाँका खड्क अद ैसहित अर्का स्थानीयले पालेको भोटेकुकुर ५० हजार रुपैयाँमा बिक्री भयो,’ भण्डारीले भन्नुभयो, ‘यस क्षेत्रमा पालेको भोटेकुकुर ठूलो र साहसिलो हुने भएका कारण खोज्न आउने दैनिक बढ्दै गएका छन्, बोबाङ क्षेत्रबाट मात्रै वार्षिक एक सयभन्दा बढी कुकुरका बच्चा बिक्री हुने गरेको छ ।’
भोटे कुकुर एकान्त घर, धेरै पशुचौपाया, फार्मजस्ता स्थानमा राख्ने गरिए पनि पछिल्लो समय सौखिनका लागि भन्दै सहर बजारमा समेत लैजाने गरिएको छ । सामान्य तया यस क्षेत्रमा मंसिरदेखि माघसम्म कुकुर खोज्न धेरै आउने गरेका छन् । बच्चा नै लिन आए पनि बच्चा नपाएपछि ठूलैलाई धेरै मूल्य हालेर पनि खरिद गर्न लागेको स्थानीय बताउँछन् ।
अहिले साना बच्चा पाँच हजारदेखि २५ हजारसम्ममा बिक्री हुने गरेको छ भने ठूलालाई ५० हजारसम्म पर्ने गरेको छ । माउ कुकुरले पुस माघमा बच्चा जन्माउँछ, एकै बेतमा चार–पाँचवटा सम्म बच्चा जन्माउने भएका कारण कतिपयको राम्रो आम्दानीको स्रोत समेत बन्न थालेको हो
। पछिल्लो समयमा विदेशी कुकुर भित्रिएसँगै हराउँदै गएका भोटेकुकुर अहिले यसको माग बढ्दै गएसँगै पुनः यो जातको वर्चश्व हुने विश्वास लिइएको छ ।











