बागलुङका तीन पत्रकारलाई ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान

बागलुङका तीन पत्रकारलाई ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान
२०७८ पुस २९ गते बिहिबार ०७:४४

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङमा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ बाट बागलुङ का तीन पत्रकार पुरस्कृत भएका छन् । आज आयोजित शाखाको छैठौँ अधिवेशनका अवसरमा विसं ०७५, ०७६ र ७७ को पुरस्कार एकसाथ प्रदान गरिएको...

आस्थाका आधारमा पत्रकारले समाचार लेख्न नहुने थापाको भनाई

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङमा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’ बाट बागलुङ का तीन पत्रकार पुरस्कृत भएका छन् । आज आयोजित शाखाको छैठौँ अधिवेशनका अवसरमा विसं ०७५, ०७६ र ७७ को पुरस्कार एकसाथ प्रदान गरिएको हो ।

रु. दश हजार राशिको सो पुरस्कार पत्रकार रामकृष्ण शर्मा, रामकृष्ण बोहोरा र गणेश पौडेल ‘चन्द्र’ले प्राप्त गर्नुभएको हो । शर्माले ०७५, बोहोराले ०७६ र पौडेलले ०७७ को पुरस्कार पाएको शाखा अध्यक्ष उमाकान्त शर्माले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य लिलबहादुर थापा र शाखा अध्यक्ष शर्माले पत्रकार त्रयलाई संयुक्त रुपमा नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो ।

पुरस्कत पत्रकार शर्मा प्रेस चौतारीको केन्द्रीय सचिव, बोहोरा र पौडेले केन्द्रीय सदस्य हुनुहुन्छ । तीनै जनाले पत्रकारितमा लामो अनुभव सँगालेका छन् । बोहोरा अहिले ढोरपाटन दैनिकको कार्यकारी सम्पादकको जिम्मेवारीमा हुनुहुन्छ ।

पौडेल गोरखापत्र संस्थान, गण्डकी प्रदेश कार्यालयको निवर्तमान संयोजक हुनुहुन्छ । पुरस्कार ग्रहणपछि बोल्दै पत्रकार शर्माले पुरस्कारले पत्रकारितामा थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनुभयो ।

विसं २०७३ मा स्थापित सो पुरस्कारबाट यसअघि पत्रकार हरिनारायण गौतम र रामबहादुर जिसी पुरस्कृत भइसक्नुभएको छ । गोरखा भूकम्पपछि बनेको ‘भाग्यले बाँचेकाहरु’ वृत्तचित्रको व्यावसायिक प्रदर्शन गरेर पुरस्कारको अक्षयकोष खडा गरिएको प्रेस चौतारी बागलुङले जनाएको छ ।

‘आस्थाका आधारमा पत्रकारले समाचार लेख्न नहुने थापाको भनाई 

नेकपा एमालेको पोलिट व्यूरो सदस्य तथा खेलकूद विभागका प्रमुख लिल बहादुर थापा मगरले पत्रकारहरुले सत्यको अन्वेषण गर्नुपर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल बागलुङको छैठौं जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेशका सह–इन्चार्ज समेत रहनुभएका नेता मगरले पत्रकारहरुले सत्य तथ्यको अन्वेषण गरेर मात्रै समाचार बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

पत्रकारहरु बिचारले जे भएपनि समाचारमा सत्य तथ्य र सन्तुलित हुनुपर्ने उहाँको तर्क रहेको छ । “हाम्रो विचार राजनैतिक आस्थामा हुन्छ, आस्था राख्न पाउनु अधिकार पनि हो” मगरले भन्नुभयो “तर समाचारमा सन्तुलन हुनुपर्दछ, राजनैतिक आस्थाका आधारमा समाचार लेख्न भएन, विचारमा स्पस्टता भएपनि समाचारमा सत्यता हुन आवश्यक छ ।” अहिलेका पत्रकारहरु अध्ययनशिल, प्रविधिमैत्री र व्यावसायिक हुन आवश्यक रहेको नेता मगरको भनाई रहेको छ ।

उहाँले पत्रकारहरुलाई राज्यले सकरात्मक ढंगले हेर्नुपर्ने र पत्रकारले राज्यको सकरात्मक कामहरुको प्रचार गर्दै नकरात्मक काममा सुझाव दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै अर्का पोलिटव्यूरो सदस्य मन कुमारी केसीले राजनैतिक परिवर्तनमा पत्रकारहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।

साभार- आर्दश अनलाईन

प्रकाशित मिति २०७८ पुस २९ गते बिहिबार ०७:४४
प्रतिक्रिया दिनुहोस्