ढोरपाटन आइटिएफ तेक्वान्डो एकेडेमीको बुर्तिबाङमा वेल्ट-टेस्ट एवंम ग्रेडिङ

ढोरपाटन आइटिएफ तेक्वान्डो एकेडेमीको  बुर्तिबाङमा वेल्ट-टेस्ट एवंम ग्रेडिङ
२०७८ माघ १ गते शनिवार ०६:५०

बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा ढोरपाटन आइटिएफ तेक्वान्डो एकेडेमीको वेल्ट–टेस्ट प्रतियोगित शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा छात्रा तर्फ समना रसाइली र छात्र तर्फ प्रेम बहादुर अदैले डबल प्रमोसन गरेका...

बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा ढोरपाटन आइटिएफ तेक्वान्डो एकेडेमीको वेल्ट–टेस्ट प्रतियोगित शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा छात्रा तर्फ समना रसाइली र छात्र तर्फ प्रेम बहादुर अदैले डबल प्रमोसन गरेका छन् भने ६९ जनाले ग्रेडिङ प्राप्त गरेका छन् ।

एकेडेमीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले खेलकुद गतिविधि मानव स्वास्थयका लागि अति नै महत्वपुर्ण हुने बताउनुभयो । कुनै व्यक्ति शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनुको मुख्य उद्देश्य देश र जनताको बढी सेवा गर्नको निम्ति भएको बताउँदै उहाँले खेलकुद वा जुनसुकै क्षेत्रमा हुने जालसाजी र पक्षपातीपूर्ण व्यवहारले कसैको हित नहुने बताउनुभयो । नगरप्रमुख नेपालीले खेलकुद क्षेत्रमा भइरहेको पक्षपातको निन्दा गर्नुहुँदै उहाँले ढोरपाटनलाई खेलको राम्रो सम्भावना भएको क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले आवश्यक भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक घर्ति मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, प्रशिक्षक बसन्ती घर्ति मगर, प्रमुख निर्णायक शर्मिला महत लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०७८ माघ १ गते शनिवार ०६:५०
प्रतिक्रिया दिनुहोस्