ढोरपाटन उपत्यकाको केहि ठाउँका स्थानिय अझै पनि विद्युतको पहुँच बाहिर

ढोरपाटन उपत्यकाको केहि ठाउँका स्थानिय अझै पनि विद्युतको पहुँच बाहिर

राजन रेग्मी

@समय नेपाल

२०७८ माघ २ गते आईतबार ११:२०

बागलुङ- जिल्लाको ढोरपाटन नगरपालिकाको ढोरपाटन उपत्यकाको केहि ठाउँका स्थानिय अझैपनि विद्युतको पहुँच बाहिर रहेका छन् । नगरपालिकाको उपत्यका वरपरका ठाउँमा अझै सम्म पनि विजुली नपुगेको हो । साँझ पर्नासाथ ढोरपाटन नगरपालिकाका अन्य स्थानमा...

अझै पुगेन केन्द्रीय विद्युत प्रशारण लाईन

बागलुङ- जिल्लाको ढोरपाटन नगरपालिकाको ढोरपाटन उपत्यकाको केहि ठाउँका स्थानिय अझैपनि विद्युतको पहुँच बाहिर रहेका छन् । नगरपालिकाको उपत्यका वरपरका ठाउँमा अझै सम्म पनि विजुली नपुगेको हो । साँझ पर्नासाथ ढोरपाटन नगरपालिकाका अन्य स्थानमा विजुली बल्दा उपत्यकाका नभि, स्यालपाखे आसपासमा ठाउँमा भने अन्धकार जस्तै देखिन्छ ।

उपत्यकाका वरपरका ठाउँमा स्थानियले गोबर ग्यासलाई विद्युतको विकल्पको रुपमा प्रयोग गर्ने गरेका छन् । यी ठाउँहरुमा सूर्यास्तसंगै सुनसान बन्ने गरेको छ । केहि स्थानियहरुले सौर्य उर्जा सोलारको पनि प्रयोग गर्ने गरेका छन् । तर, घाम नलाग्ने समयमा सोलारले पनि काम नदिने स्थानियको भनाई छ । ‘अहिले सम्म हामीले गोबर ग्यास, सोलार बालिरहेका छौँ, उपत्यकाकै केहि ठाउँमा केहि वर्ष पहिले नै विद्युत आईसकेको छ । तर, केहि ठाउँमा पोलमात्र गाडिएको छ ।

बत्ति भने आएको छैन ।’ स्थानिय नर बहादर विक भन्छन् ‘केहि ठाउँमा लघुजलविद्युत आयोजना संचालनमा छन् । केहि ठाउँमा लघुजलविद्युत आयोजनाहरु पनि छैनन् । बिकल्पको रुपमा प्रयोग गरिने सोलार पनि घाम नलाग्ने दिन पर्यो भने अन्धकार नै हुन्छ ।’ हाल केन्द्रिय प्रशारणको विद्युत नगरपालिकाको बोबाङ सम्म मात्र पुगेको छ । आफू गरिब भएकै कारण विद्युतबाट बन्चित भएको स्थानिय तिलमति सुनारले बताईन ।

उनी भन्छिन् ‘सानो विद्युत लिएर बाल्ने गरेका छौँ, हामी गरिब भएकै कारण हामीले बत्ति बाल्न पाएका छौनौँ ।’ विद्युत बिस्तार नभएकै कारण गाउँमा पठनपाठनमा समस्या समेत हुने गरेको छ । त्यस्तै विद्युतको सहायताबाट चल्ने कुटानी पिसानीका लागी प्रयोग हुने मिल समेत चल्न सकेका छैनन् । ढोरपाटनमा मात्र नभई जिल्लाको अन्य केहि ठाउँमा पनि अझैँ केन्द्रिय प्रशारणको विद्युत पुग्न सकेको छैन ।

जिल्लाको निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकाका केहि ठाउँमा पनि अझै विद्युत लाईन समेत विस्तार भएको छैन । निसी र तमानमा विद्युत विस्तारको काम भैरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जानकारी दिएको छ ।

जिल्लाका काठेखोला गाउँपालिका, गल्कोट नगरपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका एकदुई ठाउँमा बाहेक अन्य ठाउँमा केन्द्रिय प्रशारणको विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका निमित्त कार्यालय असिम पन्तले जानकारी दिए ।
वडिगाड समेत विद्युत विस्तारको काम भैरहेको छ । पश्चिममा धेरै लघुजलविद्युत आयोजनाहरु रहेका छन् । लघुजलविद्युत आयोजना संचालन भएको ठाउँमा केन्द्रिय प्रशारणको विद्युत सेवा पु¥याउन समस्या हुने पन्तले बताए ।

Muktikshetra Daily

प्रकाशित मिति २०७८ माघ २ गते आईतबार ११:२०
प्रतिक्रिया दिनुहोस्