बागलुङको गलकोटमा एकै दिन १६ जनामा कोरोना पुष्टि

बागलुङको गलकोटमा एकै दिन १६ जनामा कोरोना पुष्टि
२०७८ माघ ३ गते सोमबार ०८:०९

बागलुङको गलकोट नगरपालिकामा एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  गलकोट नगरपालिकामा  आईतबार ६ जना पुरुष र १० जना महिला गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हटिया स्वास्थ्य चौकिमा गरीएको एन्टिजेन परिक्षणमा १२ जना,...

बागलुङको गलकोट नगरपालिकामा एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  गलकोट नगरपालिकामा  आईतबार ६ जना पुरुष र १० जना महिला गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हटिया स्वास्थ्य चौकिमा गरीएको एन्टिजेन परिक्षणमा १२ जना, ईमर्जेन्सि पोलिक्लिनिक हटियामा गरीएको एन्टिजेन परिक्षणमा ३ जना र गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा गरीएको एन्टिजेन परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिरा शर्माले जानकारी दिनुभयो ।

जसमध्ये गलकोट नगरपालिका वडा नम्वर १ को ३३, ४८ वर्षिय पुरुष र २२ वर्षिय महिला, वडा नम्वर २ मा २६ वर्षिय महिला, वडा नम्वर ३ मा ६० वर्षिय पुरुष र १५, ३५, ५० वर्षिय महिला, वडा नम्वर ६ मा २१, ३०, ३६ वर्षिय महिला, वडा नम्वर ७ मा १३, ३६ वर्षिय पुरुष र ११, २३ वर्षिय महिला, वडा नम्वर ९ मा ५४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको शर्माले वताउनुभयो ।

यो संगै गलकोटमा कोरोना सक्रिय संक्रमितको संङ्ख्या ३० पुगेको छ ।

प्रकाशित मिति २०७८ माघ ३ गते सोमबार ०८:०९
प्रतिक्रिया दिनुहोस्