प्रेस सेन्टरको स्थापना दिवसमा मानव सेवा आश्रम बागलुङलाई स्वास्थ्य समग्री सहयोग

प्रेस सेन्टरको स्थापना दिवसमा मानव सेवा आश्रम बागलुङलाई स्वास्थ्य समग्री सहयोग
२०७८ माघ १५ गते शनिवार ०७:३६

प्रेस सेन्टर नेपाल बागलुङ शाखाले १८ औँ स्थापना दिवसका अवसरमा मानव सेवा आश्रम बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बागलुङका संयोजक ज्ञामनाथ...

प्रेस सेन्टर नेपाल बागलुङ शाखाले १८ औँ स्थापना दिवसका अवसरमा मानव सेवा आश्रम बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बागलुङका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले पत्रकारहरुले जुन रानजीतिक दलमा आस्था राखे पनि आफ्नो मर्यादा र कर्मलाई भुल्न नहुने बताउनुभयो ।

संयोजक गैरेले मुलुक परिवर्तनमा पत्रकारले महत्वपूर्ण भूमिका खेलेको भन्दै राज्यलाई सधै घचघचाई राख्नुपर्ने बताउनुभयो । उहाँले जनताको समस्यालाई सम्बन्धित नियकासम्म पु¥याउने र सरकारका रहेक गतिबिधिलाई जनता समक्ष पु¥याउने माध्यम पत्रकार भएको समेत बताउनुभयो ।

कार्यक्रममा मानव सेवा आश्रमलाई माक्स, स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपाल बागलुङका संस्थापक अध्यक्ष बद्री शर्मा, केन्द्रीय सदस्य कोपीला कँडेल, गण्डकी प्रदेश उपाध्यक्ष राम थापा ‘अविरल’ पत्रकार महासंघ बागलुङका सचिव विजय राना, प्रेस चौतारी नेपाल बागलुङका उपाध्यक्ष सिर्जना पन्त, नेपाल प्रेस युनियन बागलुङका उपाध्यक्ष संगम घर्ती मगर लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष सज्जनकुमार सिंहको अध्यक्षता केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारीको स्वागत र जिल्ला सचिव अनिष खातीको संचालनमा सम्पन्न भएको थियो ।आदर्श अनलाइन

प्रकाशित मिति २०७८ माघ १५ गते शनिवार ०७:३६
प्रतिक्रिया दिनुहोस्