बुर्तिबाङ- बागलुङ जिल्लाको निसीखोला गाउँपालिका ३ बोहोरागाउँ निवासी सुजन सुनार ‘सुर्जे’ को उपचारको लागि संकलित रकम आईतबार हस्तान्त्रण गरिएको छ ।
सामान्य परिवारमा जन्मिएका सुनार केहि सयम यता पेट फुलिने समस्याका कारण अप्ठ्यारोमा पर्नुभएको थियो । उमेरले ३४ वर्ष पुग्नुभएका उहाँको वृद्धा आमा बुवा सहित श्रीमति र ४ छोराछोरी रहेका छन् । उपचारको लगि केहि समय पहिले बुटवलको लुम्विनी अञ्चल अस्पताल पुग्नुभएका उहाँ आर्थिक अभावकै कारण फर्कनुपरेको थियो ।
सुनारले उपचार नपाएर समस्यामा परेको थाहाँ पाएसगैँ स्थानिय,क्लब,आमा समुह र सहयोगीहरु द्धारा एक दिनमै संकलित रु ३९ हजार ७ सय ५० दिएर उपचारको लागि पाल्पा पठाईएको स्थानिय समाजसेवी पुजन कुवंरले बताउनुभयो । समाजसेवी कुवंरकै सक्रियतामा विभिन्न संघ संस्था ,स्वदेश तथा विदेशमा रहेका दाजुभाई दिदिबहिनीहरुले आईतबार सम्म पठाएको एवंम संकलित नगद रु ४९ हजार रुपैँया पिडित सुनारको आमा देविकला सुनार लाई प्रदान गरिएको कुवंरले बताउनुभयो ।
सहयोग रकम पाएसगैँ छोराको उपचार गर्न पाईने भन्दै आमा देविकला सुनारले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । सुनारको स्वास्थ्य सुधारउन्मुख रहेको उहाँकी श्रीमति सिता सुनारले बताउनुभयो । सहयोग हस्तान्त्रण कार्यक्रममा स्थानिय समाजसेवी,बुद्धिजिवी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।












