एमाले बागलुङको प्रथम बैठक बुर्तिबाङमा : २२ जनालाई मनोनयन गर्दा परेनन् पूर्व जिल्ला सदस्यहरु

एमाले बागलुङको प्रथम बैठक बुर्तिबाङमा : २२ जनालाई मनोनयन गर्दा परेनन् पूर्व जिल्ला सदस्यहरु
२०७८ माघ २३ गते आईतबार ०१:३२

बुर्तिबाङ- नेकपा एमाले बागलुङको नवौं महाधिवेशन पछिको प्रथम बैठक बुर्तिबाङमा सम्पन्न भएको छ । माघ २१ र २२ गते बुर्तिबाङको दरवार होटेलमा सम्पन्न बैठकपछि पत्रकार सम्मेलन गरि बैठकले गरेका निर्णय सार्वजनिक गरिएको थियो । बुर्तिबाङमा...

सामाजिक सञ्जालमा बैठकको औचित्यमाथि प्रश्न

बुर्तिबाङ- नेकपा एमाले बागलुङको नवौं महाधिवेशन पछिको प्रथम बैठक बुर्तिबाङमा सम्पन्न भएको छ । माघ २१ र २२ गते बुर्तिबाङको दरवार होटेलमा सम्पन्न बैठकपछि पत्रकार सम्मेलन गरि बैठकले गरेका निर्णय सार्वजनिक गरिएको थियो ।

बुर्तिबाङमा प्रथक बैठक आयोजना गरिएसँगै यहाँ स्थित पूर्व जिल्ला सदस्यहरुले आफूहरु मनोनयनमा परिन्छ भन्नेमा ढुक्क रहेको देखिन्छ । यद्यपि पार्टिमा लामो समय दिएका र पूर्ववत अवस्थामा जिल्ला कमिटि सदस्यमा रहेकाहरु यसपटक नत अधिवेशनबाट जिल्ला पार्टिमा समेटिए, नत पार्टिको बैठकले उनीहरुलाई मनोनयन गरेर जिम्मेवारी प्रदान गर्यो ।

प्रथम बैठकपछि पार्टिको नीतिगत सुधार नभएकोदेखि विभिन्न फरक मत सहित पूर्व जिल्ला सदस्य रहेका ऋतुवर्ण पौडेलले सामाजिक सञ्जाल फेशबुकमा स्टाटसनै लेखेर, बैठकको औचित्यमाथि प्रश्न उठाए । पौडेलले एकाविहानै शुभप्रभात सहित एउटा बैठक बुर्तिबाङमा बस्दैमा पश्चिम क्षेत्रको समस्या समाधान भयो भनेर प्रश्न गरेका छन् ।

उता पहिलो बैठकले विधानले गरेको व्यवस्था अनुसार मनोनयन गरेको छ । जहाँ अधिकतम बागलुङ पश्चिम क्षेत्रकै रहेको जिल्ला अध्यक्ष हिराबहादुर केसीको भनाई छ । ‘अन्यत्र पनि थुप्रै साथीहरुको अपेक्षा छ, तर पश्चिम बागलुङलाई प्राथमिकतामा राखेर मनोनयनमा पर्ने साथीहरुलाई जिम्मेवारी दिइएको छ ।’ अहिले नसमेटिएका साथीहरुलाई प्रदेश कमिटि र त्यहाँपनि नअटाउने अवस्था आएमा जिल्लाको सल्लाहकार परिषदमा राखेर सबैलाई जिम्मेवारी दिईने केसीको भनाई छ ।
बैठकले २२ जनालाई मनोनय गरेको छ । जहाँ पश्चिम बागलुङ अन्तरगत ढोरपाटन नगरपालिकाबाट रुद्र बहादुर पुन (क्षितिज), चित्रबहादुर भण्डारी, नन्दे सुनार र छेला नेपाली चयन भएका छन् । यहाँबाट पूर्व जिल्ला कमिटि सदस्यहरु गोकुल शरचन, लालबीर लोप्चन, र ऋतुवर्ण पौडेललाई कतै जिम्मेवारी दिइएको छैन ।
यस्तै जिल्ला कमिटि सदस्यमा निर्वाचित मध्येबाट ३१ सदस्यीय सचिवालय कमिटि गठन गरिएको छ भने, २५ वटा विभाग गठन गरिएको छ । विभाग अन्तरगत स्कुल विभागमा अध्यक्ष हिराबहादुर केसी, अर्थ तथा योजना विभागमा उपाध्यक्ष लक्ष्मण पुन, आर्थिक विभागमा सचिव विष्णु भुसाल, संगठन विभागमा उपसचिव गणेशबहादुर थापा, मोर्चा विभागमा उपसचिव डम्मर श्रीस, प्रचार प्रसार विभागमा चन्द्र गणेश शर्मा, उद्योग वाणिज्य विभागमा पुनम प्रसाद शर्मा, न्याय तथा कानून विभागमा खीमबहादुर घर्ति, निर्वाचन विभागमा खीमबहादुर घर्तिलाई जिम्मेवारी तोकिएको छ ।https://www.facebook.com/ritubarna.paudelpp

यसैबीच पर्यटन प्रवद्र्धन विभागमा ईञ्चार्ज खीमबहादुर थापा, सह ईञ्चार्ज फरेन्द्र थापा, युवा तथा खेलकुद विभागमा ईञ्चार्ज सम्पन्न श्रेष्ठ, सह ईञ्चार्ज रेशम घर्ति, शिक्षा तथा मानव स्रोत विकास विभागमा नेत्र बहादुृर विष्ट, सहकारी तथा गरिवी निवारण विभागमा दीपक गौतम, संस्कृति विभागमा शिव शर्मा, सामाजिक सेवा विभागमा ईञ्चार्ज ईश्वर लाल राजभण्डारी, सह ईञ्चार्ज श्याम विक, पुस्तकालय तथा अभिलेख विभागमा तारा शर्मा, कृषि तथा भूमि सुधार विभागमा रुद्र पौडेल, भौतिक योजना तथा निर्माणमा इञ्चार्ज रुद्र महत, सह ईञ्चार्ज भुपेन्द्र खड्का, वन वातावरण विभागमा प्रेमबहादुर जिसी, विज्ञान तथा प्रविधि विभागमा मनोज विक, उपभोक्ता हित संरषण विभागमा हुमादेवी खड्का, जलस्रोत तथा उर्जा विभागमा गणेश कुमार थापालाई जिम्मेवारी दिइएको छ ।

यस्तै विभिन्न १६ वटा साँगठनिक फाँटको जिम्मेवारी समेत तोकिएको छ । मजदुर फाँटमा टंकराज सुवेदी, युवा फाँटमा, लोकेन्द्र केसी, विद्यार्थी फाँटमा शेखर खडका, महिला फाँटमा, विना कुमारी थापा, कालिका सापकोटा र सुजाता नेपाली, आदिवासी जनजाति फाँटमा, फरेन्द्र थापा र मनोज थापा, किसान फाँटमा, हरिप्रसाद शर्मा, मुक्ति समाज फाँटमा सुमन बोहोरा, बुद्धिजीवी फाँटमा, बालकृष्ण शर्मा, भूपू शैनिक फाँटमा जितबहादुर क्षेत्री राजन, प्रेस चौतारी फाँटमा, खीम कार्की, अपाँगता फाँटमा भक्त कुवँर, खेलकुद फाँटमा आकृत्ति भण्डारी, साँस्कृतिक फाँटमा रेणु केसी, सिर्जना थापा, उद्योग वाणिज्य फाँटमा अनन्त खड्का र भूमिहिन सुकुम्बासी फाँटमा सुनिता विकलाई जिम्मेवारी दिइएको छ ।

भूगोल अन्तरगत विभिन्न पालिकामासह ईञ्चार्ज तोकिएको छ भने, बरेङमा गठन हुन नसकेको पालिका कमिटि अधिवेशन माघ २९ गते गर्ने बैठकले निर्णय गरेको छ । बैठकले फागुनको पहिलो हप्ता वडा बैठक गर्ने, फागुन २१ गतेभित्र जिल्लाभरका सबै टोल कमिटि गठन गर्ने, फाग्न मसान्तभित्र सबै प्रदेश निर्वाचन स्तरमा जनप्रतिनिधि सहितको अन्तरक्रिया गर्ने, तथा प्रशिक्षण कायैक्रम गर्ने निर्णय भएको जिल्ला कमिटि सचिव विष्णु भुसालले पत्रकार सम्मेलनमा जानाकारी दिनुभयो ।

यसैबीच बागलुङका १० वटै स्थानीय तहमा संगठित सदस्यता विस्तार गर्ने निर्णय भएको जानाकारी दिइएको छ । बागलुङ नगरपालिकामा १०७०, काठेखोला गाउँपालिकामा ६००, गलकोट नगरपालिकामा ३६५, ताराखोला गाउँपालिकामा १४५, बडिगाड गाउँपालिकामा ५००, ढोरपाटन नगरपालिकामा ८६०, निसीखोला गाउँपालिकामा ३३०, तमानखोला गाउँपालिकामा १४५, बरेङ गाउँपालिकामा २४० र जैमिनी नगरपालिकामा ३१० सदस्यता थप गरि जिल्लाभर ४६०५ सदस्यता थप गरिने बैठकको निर्णय रहेको सचिव भुसालले बताए । यस्तै विभिन्न २२ वटा जनसंगठनमा गरि जिल्लाभर २८ हजार ४०० सदस्यता बढाउने बैठकले निर्णय गरेको छ ।
दुईदिनसम्म सञ्चालित बैठक पार्टिका जिल्ला अध्यष हिराबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण पुनको स्वागत मन्तव्य रहेको थियो । पार्टि केन्द्रिय उपमहासचिव पृथ्बी सुव्वा गुरुङको प्रमुख आतिथ्यता सहित केन्द्रिय सचिव पद्मा अर्याल, पोलिट्युरो सदस्य जगत विश्वकर्मा, लिलाबहादुर थापा, मनाकुमारी जिसी, केन्द्रिय सदस्य गोविन्द नेपाली, ईन्द्रलाल सापकोटा, डा. सुर्य पाठक, सावित्रा राना, कृष्ण केसी, गण्डकीप्रदेश अध्यक्ष नवराज पौडेल, लगाएतको आतिथ्यता रहेको र बैठकको सञ्चालन सचिव विष्णु भुसालले गरेको बताइएको छ ।ढोरपाटन पोष्ट 

प्रकाशित मिति २०७८ माघ २३ गते आईतबार ०१:३२
प्रतिक्रिया दिनुहोस्